
काठमाडौं । ग्लोबल टी-२० लिग खेल्न क्रिकेटर सन्दीप लामिछाने क्यानडा प्रस्थान गर्नुभएको छ । उहाँ सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । यस प्रतियोगिताको नयाँ संस्करण बिहीबारदेखि सुरु हुँदैछ ।
ग्लोबल टी-२० मा यसपालि सन्दीपसँगै नेपालका थप दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल पनि सहभागी हुनुहुुन्छ । सन्दीप र दीपेन्द्र एउटै टिम भ्यानकुभर नाइट्सका सदस्य हुनुहुन्छ भने रोहितलाई टोरन्टो नेसनल्सले अनुबन्ध गरेको हो । दीपेन्द्र र रोहितभन्दा अगाडि सन्दीप क्यानडा जानुभएको छ । भ्यानकुभर नाइट्सको सम्भावित कप्तानका रूपमा सन्दीपको चर्चा सुरु भएको छ । भ्यानकुभरले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई कप्तान बनाएको थियो । तर, पाकिस्तानी क्रिकेट बोर्डले रिजवान र सोही टिमका ब्याट्सम्यान बाबर आजमलाई अनुमति नदिएपछि उहाँहरूले यो प्रतियोगिता खेल्न नपाउने हुनुभएको छ ।
ग्लोबल टी-२० को अघिल्लो संस्करणमा सन्दीपले सर्रे जागुअर्सबाट उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । यो सिजनमा भ्यानकुभरले उहाँलाई प्रमुख स्पिनरका रूपमा भित्र्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच