काठमाडौं । वेनिशा पौडेलको स्वरमा रहेको गीत ‘दुख्यो आमा...’ सार्वजनिक भएको छ । दीपक शर्माको संगीत, दीपिका भट्टको शब्द रचना र देवेश राईको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दीपिकाकै निर्देशन रहेको गीतको भिडियोमा दीपिका, गीता अधिकारी, सरु दाहाल, रेस्मा श्रेष्ठ, दीपक कोइराला, आरुश भण्डारी, सञ्जु खत्री लगायतका कलाकारको अभिनय छ ।
गीतले चेलीबेटी बेचविखनविरुद्ध बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि सचेत बनाएको छ । रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन छ । गीतको भिडियो दीपिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर