जुम्ला । जुम्लामा धुवाँले निस्सासिएर एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी महिलालाई सेक्न बालेको कोइलाको धुवाँमा निस्सासिएर जिल्लाको पातारासी गाउँपालिका– ४ निवासी हाल जिल्ला सदरमुकाम खलङ्गा बजारको कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महताराको सोमबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले जानकारी दिनुभयो ।
मृतक ११ दिनकी सुत्केरी हुन् । धुवाँमा निस्सासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र ११ दिने दूधे बच्चा घाइते भएका छन् । दुवैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
सुत्केरी महतारा निस्सासिएर गम्भीर घाइते भएकी थिइन् । घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको कामतीले बताउनुभयो ।
सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका खाेल्दा बल्ल घटना बाहिरिएको हो । प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको छ । 'आफूहरू घटनास्थल पुग्दापनि धुवाँको प्रभाव बाँकी नै थियोे । बाँकी पोष्टमार्टम रिपोर्ट आएपछि थप घटनाको विवरण खुल्ने छ' कामतले भन्नुभयाे ।
प्रहरीका अनुसार रोकाया र बच्चाको आइसियूमा राखेर उपचार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच