गुल्मी । गुल्मीमा पचास प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । यस जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरुलाई पचास प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
यस गाउँपालिकाले उन्नत जातको देउती मकैको बीउ, कुटानी पिसानी मिल, मिनिटिलर, सिड बिन भकारी, कर्न सेलर मेसिन र त्रिपाल लगायतका कृषि मेसिनरी औजार वितरण गरिएको छ । कृषकहरुको मागको माग र आवश्यकताको आधारमा यस गाउँपालिकाको वडा नम्बर – ६ र ७ मा मेसिनरी औजार वितरण गरिएको मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत मकैबाली पकेट कार्यक्रम कार्यन्वयनको लागि मदाने गाउँपालिका वडा नम्बर – ६ स्थित गोलीपोखरी कृषि तथा बाख्रापालन कृषक समुह मार्फत कृषि मेसिनरी औजार वितरण गरिएको हो । ३०० के.जी. उन्नत जातको देउती मकै बीउ, आठ वटा कुटानी पिसानी मिल, छ वटा पिसानी मिल, चार वटा मिनिटिलर, दश वटा सिड बिन भकारी, एक वटा कर्न सेलर मेसिन र ४५ वटा त्रिपाल कृषकहरुलाई वितरण गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो ।
कृषि मेसिनरी औजार वितरण गर्नुहुँदै मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले मकै खेतीमा गाउँपालिकालाई आत्मनिर्भर गराउने प्रमुख उदेश्य रहेको बताउनुभयो । कृषकहरुलाई व्यवसायिक बनाई कृषि उत्पादन बढाउन नयाँ कृषि मेसिनरी औजार वितरण गरिएको भन्दै उहाँले वितरण गरिएका कृषि सामाग्रीहरुको माध्यमबाट कृषकलाई निकै सहज हुने र उत्पादनमा समेत वृद्धि आउने अपेक्षा लिएको बताउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच