स्याङ्जा । जिल्ला कारागार स्याङ्जाका थुनुवा र कैदीलाई योग र ध्यान प्रशिक्षण सञ्चालन गरिएको छ । जीवन विज्ञान स्याङ्जाको आयोजनामा कैदीहरूलाई कारागारभित्र नै प्रशिक्षण दिइएको हो ।
श्रावण ७ देखि सञ्चालित उक्त योग तथा ध्यान शिविर एक हप्तासम्म सञ्चालन हुने कारागार जेलर दिनेश शर्माले बताउनुभयो । बिहान ७ बजेबाट सञ्चालन भईरहेको योग शिविरमा कैदी र थुनुवाहरू खुसीसाथ सहभागी भएका छन् । कारागारमा कैदी १०० जना र थुनुवा ४२ जना गरी जम्मा १४२ जना छन् ।
शिविरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले भोलिका दिनमा समाजमा फर्केर सकारात्मक सोचका साथ काम गर्नका लागि कैदीहरूका लागि यस्तो कार्यक्रमले फाइदा पुर्याउने विचार व्यक्त गर्नुभयो । 'विभिन्न परिस्थितिले आज तपाईहरू यहाँ हुनुहुन्छ, तपाईको मनमा नकारात्मक विचारले समस्या पार्न सक्छ, मन र विचारलाई स्वस्थ बनाउन तपाईहरूले योग र ध्यानलाई अपनाउने प्रयास गर्नुहोस् ।' प्रजिअ नेपालले भन्नुभयो ।
शिविरमा स्वयम् कैदी थुनुवाहरूका साथ प्रजिअ नेपाल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मासहितका प्रहरी अधिकारीहरुसमेत सहभागी छन् ।
शिविरमा प्रशिक्षक ओम खड्का, राधा पौडेल र निर्मला लम्सालले प्रशिक्षण दिएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच