
काठमाडौं । यही साउन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच लगभग तीन मिनेट लम्बाइको ट्रेलरले सार्वजनिक गरिएको हो । दशकौंअघि गाउँ-गाउँमा पुगेर सुन बनाउने सुनार जातिको कथासँगै प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई ट्रेलरमा देखाइएको छ ।
अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाबीच बाल्यकालदेखि प्रेम बसेको छ । तर, गौरव सुन बनाउने सुनारका छोरा हुन् । आर्थिक हैसियत पनि राम्रो छैन । नम्रता भने सम्भ्रान्त र कथित माथिल्लो जातकी हुन् । बाल्यकालमा छुटिएका उनीहरू जब ठूलो भएपछि भेटिन्छन्, त्यसपछि उत्पन्न परिस्थितिमा ट्रेलर केन्द्रित छ । अभिनेता सरोज खनाल मुखियाको भूमिकामा देखिनुभएको छ ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा गौरव, नम्रता र सरोजसहित राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बाँस्तोला, बुद्धि तामाङ, विनोद न्यौपाने, नारायण खाती, किरण नेपाली, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीलगायत कलाकारको अभिनय छ । कलाकार नारायण खाती स्वयं प्रस्तुतकर्ता रहेको चलचित्रको निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुनुहुन्छ ।
शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व र गौतमराज खड्काको सम्पादन चलचित्रमा छ । निर्माण पक्षले खल्ती एपबाट चलचित्रको टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सातजना दर्शकलाई ‘सुन उपहार’ दिने घोषणा यसअघि गरिसकेको छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच