हेटौंडास्थित बालसुधारगृहका ६६ बालक शिक्षाबाट बञ्चित

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 5 mins

हेटौंडा । विभिन्न अपराधका घटनामा दोषी ठहर भएका र पुर्पक्षमा रहेका बालबालिकालाई राख्ने गरिएको हेटौंडा-११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा रहेका ६६ जना बालबालिका शिक्षा पाउनबाट भने बञ्चित रहेका छन् । नेपाल सरकारले बाल सुधार गृहमा रहेका बालकहरुको लागि शिक्षाको छुट्टै व्यवस्था गर्न चासो नदिँदा उनीहरु शिक्षाको अधिकारबाट बञ्चित भएका हुन् ।

थानाभर्‍याङस्थित बालसुधारगृहमा १३ वर्ष देखि १८ वर्ष उमेरसम्मका ६६ जना बालक रहेका छन् । महिला बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको मातहतमा २०७५ सालबाट मकवानपुरमा उक्त बाल सुधार गृह सञ्चालनमा ल्याइएको थियो । सुधारगृहमा रहेका बालकहरुका लागि शिक्षाको व्यवस्था गर्न पहल भइरहेता पनि संरचनाको साथै शिक्षकको व्यवस्था समेत मिलाउन अप्ठेरो परेको बाल सुधार गृहका खरदार सर्वण कुमार पुडासैनीले बताउनुभयो । विभिन्न उमेर समूहमा रहेका बालकहरुलाई कुन स्तरको शिक्षक ल्याउने र उनीहरुको पढाईलाई कसरी उमेरगत र कक्षागत रुपमा मिलाउने भन्ने विषय चुनौतीको रुपमा रहेको पुडासैनीको भनाइ छ ।

बालसुधार गृहको क्षमता भन्दा झन्डै दोब्बर बालकहरु राख्दा सास्ती समेत खेप्नु परेको छ । ३५ जनाको क्षमता भएको उक्त गृहमा ६६ जनालाई राखिएको बाल सुधार गृहका खरदार पुडासैनीले बताउनुभयो । १८ वर्ष नाघेकालाई छुट्टै व्यवस्था गर्न नसक्दा समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

चितवन र मकवानपुरको राख्ने भनी बनाइएको भएता पनि अन्य जिल्लाकोसमेत राख्न पर्दा क्षमता भन्दा बढी बालक राख्न पर्दासमेत भएको उहाँले बताउनुभयो । अन्य गृहको तुलनामा भने हेटौंडाको बालगृहमा कम बालकहरु रहेको उहाँको भनाइ छ । केही परिवार विहीन बालकहरुसमेत बालगृहमा रहेको उहाँले बताउनुभयो ।

बालगृहमा रहेका ६० जनाको बिमासमेत गरिएको र हेटौंडा हस्पिटल स्थित ओसिएमसीले उपचारको लागि सहयोग गरिरहेको पुडासैनीले जानकारी दिनुभयो । सुधार गृहमा रहेका बालकहरुका लागि सामाजिक बिकास मन्त्रालय मार्फत् विभिन्न तालिमको समेत व्यवस्था गर्ने गरेको छ । बाल सुधार गृह हेटौंडाले दिएको ०८१/०४/ ०९ गते सम्मको तथ्यांक अनुसार जबर्जस्ती करणीमा ४६ जना, कर्तव्य ज्यानमा ३ जना, लागुऔषध ६ जना, डाका ३ जना, सवारी ज्यान २ जना, जबर्जस्ती करणी, ज्यान मुद्दा १ जना, अप्राकृतिक मैथुन १ जना, नकवाजनी चोरी र आपराधिक उपद्रो १ जना, अपहरण/शरीर बन्धक र जबर्जस्ती करणी १ जना, चोरी १ जना र लागुऔषध / चोरी १ मुद्दाका गरी जम्मा ६६ जना रहेका छन् । सबै भन्दा बढी जबर्जस्ती करणी मुद्दा लागेका बालकहरु छन् । तथ्यांक हेर्दा पछिल्लो समय बाल अपराधहरु बढ्दो देखिन्छन् ।
तथ्यांकअनुसार सुधारगृहमा सबैभन्दा बढी १८ वर्ष उमेर समुहका २४ जना छन् भने १६ देखि १८ वर्ष उमेर समुहका १३ जना, १४ देखि १५ उमेर समुहका ८ जना र १४ वर्ष मुनिका १ जना रहेका छन् । तथ्यांकअनुसार मकवानपुरका १४ जना कैद फैसला सुनाएका, १० जना पुर्पक्षका लागि रहेका छन् । त्यस्तै चितवनको ८ जना कैद, ७ जना पुर्पक्ष, काठमाडौका १ जना कैद, उदयपुर १ जना कैद, पर्सा १ जना कैद, तेह्रथुम ३ जना कैद, इलामका ६ जना कैद, महोत्तरी २ जना कैद र ८ जना पुर्पक्ष, धनुषा १ जना, सर्लाही २ जना र सिराहाका १ जना रहेका छन् । तथ्यांक हेर्दा सबैभन्दा बढी मकवानपुर र चितवनका बालकहरु सुधारगृहमा छन् ।

उक्त बालगृहमा बालकहरुका लागि लाइब्रेरीसहित ५ वटा कोठा रहेको छ भने ८ जना सुरक्षाकर्मी रहेका छन् । देशभर गरी ९ वटा बाल सुधार गृह रहेका छन् । ९ वटा बालगृह मध्ये भक्तपुर र विराटनगरको बालगृहमा भने सामुदायिक विद्यालयनै संचालन गरिएको छ । विद्यालयमा १० सम्म पढाई हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…