काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ ।
बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।
यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ । रासस







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा