
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले उहाँलाई सिइओमा नियुक्त गरेको हो ।
रेग्मीले भदौ १ गतेदेखि कार्यभार सम्हाल्नुहुनेछ । बैंकिङ क्षेत्रमा ३५ वर्ष अनुभवी उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेर ग्लोबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गर्नुभएको छ ।
ग्लोबल आइएमई बैंकमा २०७८ साउनमा वरिष्ठ डिसिइओमा नियुक्त रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो । रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबिए, त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हालका बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिँदै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच