काठमाडौं । ज्योति विकास बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् तीनवटा विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम घोषणा गरेको छ । बैंकले स्वास्थ्य, शिक्षा र सशक्तीकरणका क्षेत्रमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
जसअन्तर्गत ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकालाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । उक्त सहकार्यमार्फत् बैंकले १६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातले बालबालिकालाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वास पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले लिएकोे छ । बैंकले यसअघि पनि ई-नेबल नेपालसँंगको सहकार्यमा १५ बालबालिकालाई उक्त हात प्रदान गरेको थियो ।
त्यसैगरी बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी’ परियोजना-५ लाई निरन्तरता दिने घोषणा गरेको छ । हाइपोथर्मियाका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेकोमा जोखिमलाई न्यूनीकरणका लागि महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानी बेबी वार्मर मेसिन बनाई आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा केन्द्रका महाप्रबन्धक सञ्जय झाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
बैंकले केन्द्रसँगको सहकार्यमा हालसम्म विभिन्न चरणमार्फत् देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा ४५ वटा बेबी वार्मर जडान गरिसकेको जनाएको छ । त्यसैगरी बैंकले वार्षिकोत्सवका अवसरमा स्वावलम्बन नेपाल संस्थासँगको सहकार्यमा संस्थामा अभिभावकविहीन बालबालिकाको आंशिक भए पनि अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्च प्रदान गर्ने प्रतिबद्धतासहितको सम्झौता गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच