ज्ञानलाई व्यक्त गर्ने दुई माध्यम छन् कथ्य र लेख्य । कथ्य परम्परा सर्वप्राचीन मानिन्छ । लेख्य परम्पराको इतिहास केही सय वर्षभित्रको मात्र छ तर कथ्य परम्पराका विषयवस्तु सृष्टिदेखिका नै पाइन्छन् । वर्तमानमा डिजिटल प्रविधिको पनि प्रवेश भएको छ । जसले कथ्य र लेख्य दुवै प्रकारलाई सुरक्षण गर्न सक्ने सामथ्र्य राख्दछ । हाम्रो इतिहासलाई हेर्ने हो भने कथ्य वा श्रुति परम्पराको ज्ञानलाई विशेष जोड दिएको पाइन्छ । लेख्य विषयवस्तुको प्रयोगमा कठिन भएर पनि हुनसक्छ । तर, ज्ञानलाई दीर्घजीवी बनाउनका निम्ति कथ्य परम्परा बलियो हुने भएर पनि हुनसक्छ हाम्रा अधिकांश ज्ञानराशि कथ्य परम्परामा आधारित छन् ।
वेदको अर्को नाम श्रुति हो । जुन सुन्ने सुनाउने परम्परामा चल्ने गर्दछ । हाल पनि वेद पाठ गर्ने चलन छ । यो कथ्य परम्पराको वा श्रुति परम्पराको ज्वलन्त उदाहरण हो । वस्तु कति दीर्घकालीन रहने भन्ने कुरा प्रयोक्ताको प्रयोगमा पनि निर्भर रहने गर्दछ । प्रयोक्ताले प्रयोग गर्दै गए र पुस्तान्तरण पनि हुँदै गयो भने त्यो ज्ञान जीवन्त बन्न पुग्छ । एक पुस्ताबाट मेटियो भने अर्को पुस्ताले पाउन सक्ने सम्भावना पनि न्यून रहने गर्दछ । यस सन्दर्भमा भने लेख्य वस्तुले केही पुस्तालाई धान्न सक्छ त्यसमा पनि त्यो ज्ञानले महत्व पाएन भने त्यही सकिएर जन्छ तर कथ्य निरन्तर रहिरहन सक्ने सम्भावना हुन्छ । सामान्य दृष्टिले हेर्दा लेख्य रूप बलियो भन्न सकिएला तर वर्षौंसम्म रहन सक्ने ज्ञान कथ्य परम्परामै आश्रित पाइन्छ ।
कण्ठस्थ गरिएका कुरा एकले वाचन गर्दा धेरै व्यक्तिलाई सुनाउन सकिन्छ । सुनेको कुरा अर्को व्यक्तिमा पनि सञ्चरण हुन्छ र त्यो ज्ञान जीवित रहने सम्भावना अधिक हुन्छ तर लेख्य वस्तुको पुनर्लेखन नै गर्नुपर्दछ । त्यसका निम्ति व्यक्ति तत् भाषा र ज्ञानका निपूर्ण हुनु आवश्यक छ ।
संसारमा सबै कुरा लेखेर साध्य छैन । यसैगरी लेखेका कुरा पनि वर्षांै सुरक्षित राख्ने प्रविधि पनि छैन । यसैगरी राखिएका कुरा बुझ्न सक्ने जनशक्तिको पनि कमी रहन सक्छ । समयको गतिसँगै लेख्य लिपिमा पनि भिन्नता आउने गर्दछन् । जसले लेख्य विषयवस्तु पनि निरन्तर पुस्तान्तरण नै हुनुपर्दछ । यसैले लेख्य वस्तुले छोटो समयमात्र धान्न सक्ने देखिन्छ । लेख्य पुस्तान्तरण गर्न पनि कथ्य पक्ष बलवान् हुनुपर्दछ अन्यथा लेख्य रूप पनि हराउन सक्ने सम्भावना रहन्छ । लेख्यभन्दा कथ्य वस्तु अधिक प्रभावकारी पाइन्छन् । जसलाई व्यवहार र संस्कृतिसँगै सञ्चरण गराउँदा त्यो जीवित रहने सम्भावना अधिक हुन्छ । श्रुति परम्परामा ज्ञानका अनन्त राशि निरन्तर प्रवाहित भइरहन्छन् । जसलाई व्यक्त गर्ने माध्यम मध्येको एक लेख्य रूप हो ।
वर्तमानमा लेख्य विषयलाई प्रमाण मान्ने चलन छ । सृष्टिको आदिकालदेखि चलेको मूल ज्ञान वा प्रमाण भनेको कथ्य हो । सूक्ष्म रूपमा टिकाउका हिसाबले हेर्ने हो भने कथ्य ज्ञानको आयु निकै लामो रहेको पाइन्छ । एक ज्ञान एक व्यक्तिमा एक पुस्ता र अर्को पुस्तालाई प्रसारण गर्दा अर्को पुस्ता क्रमशः फैलिँदै जान्छ तर लेख्य वस्तु पुस्तकमा सीमित रहने सम्भावना अधिक हुन्छ । उही जीवनउपयोगी, व्यवहार उपयोगी भयो र त्यसलाई प्रयोक्ताले पनि प्रयोगमा ल्याए भने त्यो निन्रतर सञ्चरण भइरहन्छ । जीवन्त बन्नका निम्ति कथ्य रूपमा प्रवाहित भएको ज्ञान नै अलि मजबुत रहन सक्ने देखिन्छ ।
लेख्य वस्तुको सीमितता पनि रहन्छ । एक त कागजको आयु निश्चित हुन्छ । लाइब्रेरीमा राखिएका पुस्तक पनि एक दुई सय वर्षपछि ती काम नलाग्ने अवस्थामा पुग्छन् । ती पुस्तकको पुनः संस्करण प्रकाशन भएन भने कालान्तरमा ती पुस्तकको अस्तित्व नै नामेट हुनसक्ने स्थिति रहन्छ । हुन त वर्तमानमा डिजिटलको युग आएको छ तर डिजिटलको पनि भर पर्न सक्ने स्थिति छैन । यसलाई पनि संरक्षण गर्नका निम्ति निकै परिश्रम गर्नुपर्ने हुन्छ । पछि गएर लिपिमा पनि समस्या आउन सक्ने स्थिति रहन्छ । यसैले पाठ पढाउने, घोक्ने र कण्ठस्थ गर्ने गराउने परम्परा चलेको हो ।
कण्ठस्थ गरिएका कुरा एकले वाचन गर्दा धेरै व्यक्तिलाई सुनाउन सकिन्छ । सुनेको कुरा अर्को व्यक्तिमा पनि सञ्चरण हुन्छ र त्यो ज्ञान जीवित रहने सम्भावना अधिक हुन्छ तर लेख्य वस्तुको पुनर्लेखन नै गर्नुपर्दछ । त्यसका निम्ति व्यक्ति तत् भाषा र ज्ञानका निःपूर्ण हुनु आवश्यक छ । अन्यथा उक्त ज्ञानले पुस्तान्तरण गर्न पाउँदैन तर कथ्यमा यो सीमितता रहँदैन । सुनेकै भरमा पनि अर्कालाई सुनाउन सक्ने सामथ्र्य हुन्छ । पूर्ण विषयवस्तु नभए पनि आंशिक ज्ञानको पुस्तान्तरणका निम्ति विज्ञ नै हुनु आवश्यक भएन तर लेख्य वस्तुका निम्ति यो कठिन रहन्छ ।
लेख्य वस्तु कागजमा सीमित हुन्छन् र कागजको आयुसँगै सकिएर पनि जान्छन् । यसैगरी लेख्य लिपिमा पनि समयसँगै भिन्नता हुँदै जान्छ । आजका कम्युटरका यी अक्षर पनि अबको सय वर्षपछि भिन्नै हुन्छन् । यी लिपि बुझ्ने विज्ञको कमी रहन सक्छ । जसरी आज हामी प्राचीन लिपि बुझ्न सक्दैनौं । ब्राहृमी लिपि जान्न सक्ने व्यक्ति वर्तमानमा पनि सीमित छन् । उक्त लिपिका ज्ञान अर्को देवनागरीमा परिवर्तन नगर्ने हो भने त्यो ज्ञानराशि त्यहीँ सीमित हुँदै हराएर जाने सम्भावना अधिक रहन्छ । यसैले हाम्रा ऋषिमहर्षिले लेख्य परम्परालाई सीमित राखेको हुनुपर्दछ । लेख्यलाई भन्दा कथ्य परम्परालाई नै जोड दिएको हुनुपर्दछ ।
रामायण पनि श्रुति परम्पराकै देन हो । यदि श्रुति परम्परामा रामायण नभएको भए लेख्य विषय लोप भएर गइसक्थे । रामायणका पनि अनेकौं पाठ भेद छन् । यसैगरी श्रुतिभेद पनि पाइन्छन् तर लेख्यभन्दा कथ्य पक्ष हाल पनि बलवान् देखिन्छ । रामकथा पढ्नेभन्दा सुन्नेको संख्या नै अधिक छ । यसैले पुराण पनि सुनाइन्छन् । भागवतका कथा सुनाउने भएकाले नै श्रीमद्भागवत महापुराणका विषयमा थुप्रै टीका भएका पुस्तक पनि पाइन्छन् । कथ्य पक्ष बलियो हुँदै गर्दा त्यसले लेख्य रूपको पनि श्रीवृद्धि गर्ने गर्दछ । भागवत जसरी अन्य पुराण वाचन गर्ने, सुन्ने सुनाउने चलन कम छ । जसले क्रमशः ती पुराणमा लेख्य प्रति प्राप्त गर्न पनि कठिन हुने स्थिति छ किनकि ती अन्य पुराणले कथ्य सञ्चरण पाएनन् यसैले लेख्य रूप पनि सीमित हुँदै गएका छन् ।
लेख्यभन्दा कथ्य वस्तु नै अधिक प्रभावकारी रहने चेत भएर नै हाम्रा ऋषिमहर्षिले श्रुति परम्परालाई निरन्तरता दिएका हुन् । इतिहासको कुनै कालखण्डमा नालन्दालगायता सम्पूर्ण पुस्तकालयका पुस्तक जलाउँदै गर्दा पनि व्यक्तिमा भएका कण्ठस्थ ज्ञानले पुनः छापामाध्यमा आउन सघाए ।
ज्ञानको कथ्य माध्यम बलियो भयो भने लेख्य पक्षलाई पनि सबल बनाउने गर्दछ । पुस्तान्तरणमा पनि कथ्यले नै विशेष भूमिका खेलेको पाइन्छ । लेख्य वस्तुलाई कथ्यको सहायकका रूपमा नै प्रयोग गरिएको पाइन्छ । लेख्य ज्ञानका निम्ति अधिक परिश्रम, खर्चका साथै विज्ञ व्यक्तिको जरुरत पर्ने गर्दछ तर कथ्यका निम्ति यति कुरा पूर्णतः आवश्यक नहुन सक्छन् । सहजतः ज्ञानको प्रसार हुनसक्छ । संसारमा जतिसुकै प्रविधि आए पनि सबै कुरालाई कैद गर्न गाह्रो छ । कैद गरिएका कुरा कालान्तरमा जान्न पनि गाह्रो हुन्छ । आज उच्चारण हुने बोली सय वर्षपछि भिन्न हुन्छ । आजको रेकर्ड सय वर्षपछिको व्यक्तिलाई सुन्न लगाउँदा बुझ्न सक्ने कम नै हुन्छन् ।
तर, पुस्तामा सार्दै गएको ज्ञानले त्यो परिवर्तित अवस्थितिलाई पनि ज्ञानका राशिसँगै अद्यावधिक गर्ने गर्दछन् । जसले ज्ञान परम्परित रूपमा पुस्तान्तरित भएर जान्छ । पौरस्त्य वाङ्मयको ज्ञान श्रुतिपरम्परामै अडिएको छ । जसलाई संस्कृति र सभ्यताले मलजल गरेका हुन्छन् । कथ्य वा श्रुति परम्परामा रहेको विषयवस्तुलाई एक पुस्ताबाट अर्को पुस्तामा सार्नका निम्ति श्रुति परम्पराले विशेष भूमिका खेलेको पाइन्छ । जसलाई लेख्य विषय वस्तुले सघाएका छन् । लेख्य रूप सधैं एउटै रहने तर कथ्य रूप पृथक-पृथक रहने र कालक्रम अनुसार न्यून श्रम साधनमै पुस्तान्तरण हुँदैजाने भएकाले पनि कथ्य ज्ञान अधिक प्रभावकारी रहने देखिन्छ ।
यसैले पाठ कण्ठस्थ गर्ने, घोक्ने परम्परा चलिआएको हो । लेख्यभन्दा कथ्य वस्तु नै अधिक प्रभावकारी रहने चेत भएर नै हाम्रा ऋषिमहर्षिले श्रुति परम्परालाई निरन्तरता दिएका हुन् । इतिहासको कुनै कालखण्डमा नालन्दालगायता सम्पूर्ण पुस्तकालयका पुस्तक जलाउँदै गर्दा पनि व्यक्तिमा भएका कण्ठस्थ ज्ञानले पुनः छापामाध्यमा आउन सघाए । यदि ती ज्ञान केवल पुस्तकमा मात्र सीमित रहेका भए आज हाम्रा यी अथाह ज्ञान राशिलाई आज पाउने थिएनौं । यसैले दीर्घकालीन र अधिक समयसम्म चिरजीवी रहने ज्ञानको माध्यम कथ्य रूप नै हो जुन हाम्रो संस्कृति र परम्परासँग जोडिएको हुन्छ, जसलाई निरन्तरताका निम्ति लेख्य रूपले पनि साथ दिएको पाइन्छ । यसैले कथ्य वा श्रुति परम्परालाई पनि शिक्षाको नीतिमा अवलम्बन गर्नु श्रेयष्कर रहने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच