मगजभन्दा मन अर्थात् हृदय सक्रिय हुँदै अन्तरभाव सुललित लयमा प्राकट्य गराउने चुुम्बकीय क्षमता गीति-कवितासित हुन्छ । त्यसैले गीत हरेक कण्ठको प्रीत, हित मिलेको मित, सच्चित् र आन्नन्दमय कृष्णको बाँसुरी हो, श्रीमद्भागवत्मा गोपीगीतको चमत्कार कस्तो छ । प्रसिद्ध गीतकार तथा कवि गोलेन्द्र पटेलको शब्दमा-हृदय र मनको बीचको जुन तार छ, त्यसमा मानवीय संवेदनाको सङ्घातबाट समुुत्पन्न हुने आत्माको स्वर हो ‘गीति-कविता’ । कति सारपूूर्ण सङ्कथन छ सर्जक गोलेन्द्रको । यही मार्गको घतिलो अनुुसरण गर्दै झ् याउरे, सेलो, सवाई, असारे, तामाङ सेलो, भजन, जोर सुुसेली, कोरियन लय, चोका, अनुुष्टुप आदि छन्दमा उनका गीति-कविता रसैरसको स्वादमा उर्लिएका छन् । विशेषतः लोकछन्दको हार्दिकता, कमनीयता र मौलिकताको चमत्कृतिको मुठो कसेका छन् जितालीले यस कृतिभित्र ।
राष्ट्रकविका आशीर्वचन, छन्दसारथि रमेश खकुुरेलका शुुभाशीर्वाद, कविहरू भुवनहरि सिग्देल र प्रल्हाद पोख्रेलका शुुभेच्छाले डा.बमबहादुुर थापा जितालीको काव्यचिन्तनको उचाइ समीचीन रूपमा मापन गरिएको छ । आधुनिक आशुुकवि छन्दसारथि श्री रमेश खकुरेलको मालिनी छन्दमा जितालीको दैहिक र आभ्यन्तरिक व्यक्तित्व तथा काव्यवृत्ति उजागर गरिएको छ ।
त्यसैले आजको चर्चाकेन्द्र डा.बमबहादुुर थापा जितालीको ‘जहाँ छन् बुद्धका आँखा’ गीति-कवितासङ्ग्रहको हो । भूूमिका, विषयसूची र प्रकाशकीयसहित एक सय छयहत्तर पेजको मध्याकारको कृतिको मुुखपृष्टमा शान्तिका अग्रदूत गौतम बुुद्धको बोधी नजरलाई स्तूूपमा सजाउँदा कृति झन् सार्थक र आकर्षक देखिएको छ । यो गीति-कवितासङ्ग्रहलाई चार खण्डमा विभाजित गरिएको छ । क खण्डभित्र सतासीवटा विभिन्न शीर्षकका सबाई र सेलो लोकछन्दका कविता छन् । ‘सरस्वती वन्दना’ गीति कविताबाट सुुरु भएको यो भागको अन्त्यको कविता ‘अन्तिम इच्छा’ शीर्षकले बिट मारेको छ । मङ्गलाचरणको रूपमा प्रस्तुत सरस्वतीबन्दना उदाहरणार्थ राखौँ :
सरस्वती ! सरसरी बोल्ने शक्ति देऊ
लोकहित हुने गरी बोल्ने शक्ति देऊ !
नवरस नयाँ सृष्टि दृष्टि नयाँ देऊ
वीणा जस्तै ध्वनि- कला सिर्जनामा देऊ ! !
सबाइ छन्दलाई माध्यम बनाएर सरल, सहज, हृदयस्पर्शी र गहिरो भक्तिभाव प्रकट गरी कवि जिताली काव्यसाधनाको मेलामा पस्नुुभएको छ । लोकछन्दको अलौकिक पहुँचको बोध भएरै होला बमबहादुरले बमबम भएर यो खण्डभरि सेलो र सबाईलाई काव्यको आलम्बन बनाउनुुभएको छ । यो खण्ड मूलतः आध्यात्मिक चेत, देशप्रेम, प्रकृतिचित्रण, राष्ट्रवादी भाव, समसामयिक बेथितिमा व्यङ्ग्यविनोद, शहीदहरूको सम्मान, क्रान्ति चेत र समग्रमा भन्नुुपर्दा राष्ट्रिय एकताको विराट् सङ्कल्पमा केन्द्रित छ । उदाहरणका लागि केही गीति-कविताका लहर :
(आध्यात्मिक भक्तिभाव)
गोरसमा श्रीकृष्ण, गोपिनीमा कृष्ण
संसार नै अटाउने विश्वरूपी कृष्ण ।
(देशप्रेम) कामधेनुु जस्तै तिमी, आमा वसुन्धरा
तिमीलाई पार्न सकौँ सधैँ हराभरा !
(प्रकृतिचित्रण) कति राम्रो वसन्त यो सिर्जनाको मूल ।
लाली फुल्यो बुकी फुुल्यो सबै फूलै फूल !
(सशक्त देशप्रेम) स्वर्गजस्तै देश मेरो उच्च फराकिलो
धरोधर्म ! धराधाम हुन्न धरापिलो ।
वीरगाथा भरिएको कल्ले भुल्ने देश
यही माटो मुसारेको सिर्जना हो बेस !
(व्यङ्ग्यचेत) समसामयिक बेथितिमा आफ्नै साइजको व्यङ्ग्यको लाठो निर्भय भएर उठाउँदै थापा मापा बनेर सबाईको चौपाइमा यसरी गर्जन्छन् :
तलमाथि खरानीको धोक्रो कमाउने
माथिमाथि पुुगेका छन् खोक्रो बनाउने ।
यस्तो चाला चलाउने सर्वहारा मारा
भन्ने गर्थे खसाल्दिन्छुु आकाशका तारा !!
अर्को तिखो व्यञ्जनाभावले भरिएको सेलो छन्दमा रचित ‘लालुुपाते’ गीति–कविताका केही लहर ः जहाँ लालुपाते वनस्पति पूmललाई बिम्ब बनाएर लाल क्रान्तिकारीको ढन्नेसो सेकेका छन् ।
लालुपाते टुुप्पामा
रातो हुन्छ झुुप्पामा ।
तल्लो पात धुस्रो छ
जोगीजस्तै फुस्रो छ ।१।
आफूमात्र रङ्गिने
अरू आए जङ्गिने ।
लालुपाते स्वभाव
समताको अभाव ।२।
लालुुपाते फुलेर
अरूलाई भुलेर
आओ साथी भन्दैन
रातो बन्न दिँदैन ।३।
(क्रान्तिचेत र शहीदहरूको सम्मान) उत्साह र जोश होस जुुर्मुुराए सारा बगाउँछुपसिना र तिर्छुु दूधभारा ! निरङ्कुश सत्तालाई अङ्कुशले तान्छुु भ्रष्ट शासन गर्नेलाई बञ्चराले हान्छुु ! शङ्खनाद गरी युद्ध-मैदानमा जुुट्छु बिन्दुुबिन्दुु मिलाएर सिन्धुु बनी उठ्छुु ! ‘जहाँ छन् बुद्धका आँखा’ गीति-कविता-संग्रहको खण्ड ‘ख’-को चर्चातिर लागौँ । राष्ट्रिय गीत र स्वदेश गानले घनत्व पाएको यो भागमा तेइस वटा सिर्जनाहरू छन् । पौने एक दर्जनजति गीत हार्दिक व्यङ्ग्यमा आम पाठकका मगज र चित्तलाई झक्झक्याउँदै समसायिक बेथितिमाथि बज्र प्रहार गर्न कसिएका छन्, जहाँ शब्द शब्दमा आनुप्रासिकता घोलेर जितालीले काव्यमा रसरङ प्रदान गरेका छन् ।
लोकछन्दको अलौकिक पहुँचको बोध भएरै होला बमबहादुरले सेलो र सबाईलाई काव्यको आलम्बन बनाउनुुभएको छ । मूलतः यो आध्यात्मिक चेत, देशप्रेम, प्रकृतिचित्रण, राष्ट्रवादी भाव, समसामयिक बेथितिमा व्यङ्ग्यविनोद, शहीदहरूको सम्मान, क्रान्ति चेत र समग्रमा भन्नुुपर्दा राष्ट्रिय एकताको विराट् सङ्कल्पमा केन्द्रित छ ।
देशप्रेम र राष्ट्रभक्तिका भाव बुनिएका र कुुँदिएका अन्य गीति कविताले हरेक पाठकको नसानसामा नयाँ रक्तसञ्चार गराएर अतीतको गौरव र वर्तमानको दायित्वलाई वाणी प्रदान गरेका छन् थापाजीले । कुुहिरो हिरो बनेर पीडा, चल्दैन सबारी, सोझो सपना बाङ्गो बिपना, दाह्रीको फूलबारी, चितुवा पालेर, विकासबन्द छ आदि छन् । त्यसैगरी आफ्नो माटो, सौम्य प्रकृति र हाम्रा गौरवलाई सम्झाउने गीत कालापानीको कलह, जीवनबोध, यो मेरो छाती चिरेर हेर, जहाँ छ हाम्रो, तिहारको रहस्य, बुद्धको सम्झना, नेपालसित, हिमाल हाम्रो प्रकृति, हामीले गरे के हुन्न, आदि शीर्षकका गीति कविताले पाठको अन्तर हृदयमा सुमधुर प्रीत जोड्न सफल छन् ।
कृतिको तेस्रो खण्ड ‘ग’ विविध छन्दका बीसवटा गीति कवितामा बाँधिएर सङ्गीतमय बनाउँदै जिताली महाभागले कुदाएका छन् । ‘जहाँ छन् बुद्धका आँखा’ यही शीर्षक गीतबाट कृतिकै नामकरण गरिएको हो । ‘जहाँ छन् बुद्धका आँखा’ (राष्ट्रिय गीत)बाट प्रारम्भ गरी जागृति-गान, स्वतन्त्र गजल, ठाडो भाका गीत, कोरोनाको कोलाहलजस्ता इन्द्रेणी काव्यभित्र रसरङ पनि घुुलित गरेर जितालीले लोकरसनाका भावमय र सङ्गीतमय छन्दलाई अनुवरण गरेका छन् यो गीत भने अनुुष्टुप छन्दमा रचिएको छ । २०४४ साल वैशाख १ गते सिर्जित यो काव्यगीतको स्वर र सङ्गीतको सन्धान सुुप्रसिद्ध गायक भक्तराज आचार्यले गरेका छन् । २०४५ सालमा रेकर्ड गरिएको यो गीतले धेरै लोकप्रियता हासिल गरिसकेको छ । उदाहरणका लागि केही लहर :
जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर !
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कताकता
छल्किन्छ ममता मेरो भाव-गङ्गा जतातता !!
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी-बसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ! !
यसैगरी अनुुष्टुप छन्दमा रचिएको डा.जितालीको जागृति गानको दुुई लहरले कति स्वाभिमान भावलाई पस्किएको छ :
मेरी स्वप्निल चेलीको स्यूँदो खुर्कन दिन्न म
मेटी सौन्दर्य बेलीको सिस्नो हुर्कन दिन्न म !
त्यस्तै अर्को कर्मवाद र पौरखमा रमाउन आहृवान गरिएको :
उठ हे पाखुुरा मेरा मातृभूूमि सजाउन
सङ्कष्टबाट जोगाई आमालाई हँसाउन !!
जिताली राष्ट्रवादको वैचारिक किल्लामा स्वाभिमान र सङ्कल्पको परेड अक्षरमार्फत कलात्मक तरिकाले खेल्नमा प्रवीण छन् । यो खण्डमा व्यङ्ग्यचेतका काव्यधुन मनग्गे छन् । यो कृतिको खण्ड ‘घ’ मा जम्मा तेइसवटा गीति-कविता छन् । कृतिको यो अन्तिम खण्ड हो । यसलाई परिशिष्ट : व्यक्तिगत तथा संस्थागत गीति-कविता भनेर कृतिकारले उल्लेख गरेका छन् । आदिकवि भानुुभक्त, कविशिरोमणि लेखनाथ पौडेल, महाकवि देवकोटा, राष्ट्रकवि माधव घिमिरे, युुगकवि सिद्धिचरण श्रेष्ठ, बीपी कोइरालालगायत विभिन्न स्रष्टाहरूको सिर्जना गाथाको अपरिमेय देनलाई लोक-छन्दको सुसेलीमा मधर स्तवन भरिएको छ । त्यसैगरी संस्थागत सम्झनामा : शान्ति हाइस्कुल कुन्छा थापाथली जनकल्याण परिवार आदिको सम्झनालाई गजागर गरेका छन् बमजीले ।
अन्त्यमा यथातथ्य व्यङ्ग्यले भरिएको ‘धूमपान : लिन्छ ज्यान’ शीर्षकमा सबाई छन्दमार्फत सन्देशमूलक रसिलो, घचिलो र पेचिलो काव्यमार्फत कृतिको बिट मार्नुभएको छ । राष्ट्रकविका आशीर्वचन, छन्दसारथि रमेश खकुुरेलका शुुभाशीर्वाद, कविहरू भुवनहरि सिग्देल र प्रल्हाद पोख्रेलका शुुभेच्छाले डा.बमबहादुुर थापा जितालीको काव्यचिन्तनको उचाइ समीचीन रूपमा मापन गरिएको छ । आधुनिक आशुुकवि छन्दसारथि श्री रमेश खकुरेलको मालिनी छन्दमा जितालीको दैहिक र आभ्यन्तरिक व्यक्तित्व तथा काव्यवृत्ति उजागर गरिएको परिचायक कवितालाई हेरौँ र पढौँ त :
कविगण जब एकै ठाउँमा झुम्इिन्छन्
तब सब कविभन्दा एक बेग्लै चिनिन्छन् ।
कद छ धरहराझैँ पाउँछन् खुब ताली
जबजब कविताको पाठ गर्छन् जिताली ।।
२०१० साल जेठ ३० गतेमध्य नेपालको लमजुुङ जिल्लाको जितामा आमा स्व. वसुन्धरा थापा बस्नेत र बाबा प्रेमबहादुर थापाको कोखबाट आँखा खोलेका थापा विद्यावारिधिको उपाधिले निमज्जित हुनुुहुन्छ । मञ्जुश्री साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संस्थापक सदस्य रही हाल अध्यक्ष, विभिन्न प्राज्ञिक तथा अनुुसन्धानको महत् कार्यमा समाहित हुुँदै भाषासाहित्यको सेवामा अनवरत केन्द्रीय एवं पाश्र्व भूमिका निभाइरहेका सत्पात्र हुन् जिताली ।
विभिन्न पुरस्कार, सम्मान र अभिनन्दनबाट अभिनन्दित, अभिवन्दित र प्रशंसित यिनी समय समयमा विभिन्न स्तरका काव्यगोष्ठी आयोजना गर्दै सबै पुस्ताका मेधामा सम्मान बर्साइरहन्छन् । आफ्ना स्वर्गीय आमाबाबाका नाममा २०४६ सालमा ‘वसुन्धरा-प्रेम प्रतिभा पुुरस्कारको स्थापना गरेका यिनले अग्रज एवं अनुज पुस्ताका काव्य-साधकहरूका ऊर्जास्रोत बन्दै आएका छन् । झन्नै एक दर्जन कृतिका स्रष्टा थापा देशप्रेमबाट अभिषिक्त व्यक्तित्व हुन् । सादा जीवनमा बाँच्न गर्व गर्ने अग्ला कद, हँसमुख चेहरा, नेपाली पहिरनमा सजिन चाहने, दाह्रीवाल ब्राहृमीपुत्रबाट अझ उदात्त र दर्बिला कालजयी कृति अपेक्षा गर्दै यो सानो परिचर्चालाई यही पूूर्णविराम लगाउँछु । (लेखक : नीलकण्ठ प्रज्ञा-प्रतिष्ठान धादिङअध्यक्ष अध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच