अतिथि, पाहुना जस्ता शब्दहरू अब घरघरबाट लोप हुँदै छन् । घरमा अब अतिथिभन्दा बढी गेष्ट आउँछन् । खासमा अतिथि वा पाहुना शब्दले सम्बोधन गर्ने हिजोको प्रचलन प्रायः लोप हुँदै गएर जसरी गेष्ट भन्न थालिएको छ त्यसरी नै हिजो जस्तो घरमा आउने पाहुनाहरू पनि कम भएका छन् । घरमा अतिथि वा पाहुना आउने कुरा अहिलेसम्म जसोतसो चलेको छ तर यसपछिको पुस्ताले सायद बुझ्दैन । पाहुना भन्ने शब्द साँच्चै त्यस्तो मौलिक शब्द हो जसले हिजो गाउँघरमा टाढा कतै जाँदा वा आउँदा रातबिरात पर्दा बास बस्न घर खोजेर मानिसहरू आउने गर्थे । ती आफन्त पनि हुन्थे र अपरिचित अभ्यागतहरू पनि हुनेगर्थे ।
राति बास बस्थे बिहान झिसमिसेमै म त फलानो ठाउँ पुग्नु छ हजुर ढिलो गरे पुग्न गाह्रो हुन्छ अथवा काम सकेर फर्किन सकिँदैन इत्यादि भनेर हिँडिहाल्थे । एउटा परिवेश, परिस्थिति, कथा र आत्मीयता समेटेको यो शब्द र यस्ता पाहुनाहरू पनि अब सायद कम भइसके । अबको यात्रा अर्कै किसिमले तय हुन्छ । बास बस्ने ठाउँ र तरिका फेरिएका छन् । नजिकै आफन्तका घर भए पनि मानिसहरू आफन्तका घर नाघेर सुविधासम्पन्न ठाउँ खोजेर बस्नजान थालेका छन् । समयसँगै धेरै मान्यताहरू फेरिएजस्तै पाहुना बस्ने प्रचलन पनि फेरिएको छ । त्यसै कारण पाहुना लाग्ने प्रचलन पनि घटेको छ ।
पाहुनाले खाएको त्यसै खेर जाँदैन अर्कोतिरबाट त्यसभन्दा बढी भएर घरमा आउँछ भन्ने चलन थियो । बाटो हिँड्ने बटुवाहरूलाई चिया पानी सोधपुछ गर्दा पनि घरमा शुभ हुन्छ भन्ने मान्यता अनि अतिथि सत्कारको त्यो आदर्श साँच्चै गहिरो मनोविज्ञान रहेछ भन्ने अहिले आएर लाग्छ ।
पाहुना शब्द सुन्ने बित्तिकै मेरो मनमा बाल्यकालदेखिका अनगिन्ती कुराहरूको सम्झना हुन्छ । हामी केटाकेटी छँदा हाम्रा घरमा पाहुना शब्दबढी नै सुनिन्थ्यो । हाम्रा घरमा हामीले चिनेका र नचिनेका धेरै मानिसहरू एकरात, दुई रात बस्न आउने अनि जाने गरेको हामीलाई धेरै नै सम्झना हुन्छ । घरमा कोही नयाँ मानिस आउनु पाहुना आउनु हो । त्यो मानिस चिनजान नातागोताको पनि हुन्थ्यो । कहिलेकाहीँ अपरिचित मानिसहरू, जोगी सन्न्यासीहरू पनि आएर हाम्रो घरमा बस्थे । घरमा पाहुना आउँदाका अनेक कहानीहरू हुन्छन् । कहिलेकाहीँ घरमा अचानक पाहुना आउँदा आमालाई अलि असजिलो पथ्र्यो । त्यसको कारण थियो उहाँलाई घरमा खानेबस्ने बन्दोबस्त गर्नुपथ्र्यो । कति कुरा घरमा हुन्थ्यो कति हुँदैनथ्यो ।
आफ्नो परिवारमात्रै हुँदा घरमा जेखाए पनि हुन्थ्यो जस्तो लगाए पनि चल्थ्यो तर घरमा एउटो पाहुनो आउने बित्तिकै घरको सन्तुलन नै बिग्रिन्थ्यो । ढुक्कटिप्प चलाएको घरमा तरङ्ग पैदा हुन्थ्यो । साँचोमुचो निकाल्नुपथ्र्यो गर्जो टार्नुपथ्र्यो, इज्जत राख्नुपथ्र्यो । यी धेरै कारण थिए आमाले असजिलो मान्नुका । हामीहरू साना थियौँ हामीलाई त रमाइलै हुन्थ्यो । पाहुना आउँदा अघिपछिभन्दा फरक खाना पाक्थ्यो । आमालाई परेको भित्री असजिलो हामीलाई थाहा हुन्थेन । मध्यमवर्गीय परिवारका यस्ता बाध्यता भोग्नेलाई मात्र थाहा हुन्थ्यो । पिताजी प्रायः हिँडडुल गरिरहनुहुन्थ्यो । घरका आन्तरिक कुराहरूका बारेमा पिताजी बेखबर हुनुहुन्थ्यो ।
पण्डित भएका कारण आफू पनि धेरैजसो अतिथि भएर जानुहुन्थ्यो आफ्नो घरमा पनि अतिथि आइरहून् भन्ने चाहनुहुन्थ्यो र भन्नुहुन्थ्यो अतिथि आउने घर लच्छिनको घर हो । कहिले पिताजीले नै पाहुना लिएर आउनुहुन्थ्यो । घरको व्यवस्थापकीय जिम्मेवारी पिताजीलाई भन्दा माताजीलाई बढी पथ्र्यो । त्यस कारण आमाले अलि अप्ठ्यारो मान्नुहुन्थ्यो र पनि अर्को विकल्प थिएन । आएका पाहुनालाई सम्मानपूर्वक बसाल्ने, खानेबस्ने व्यवस्था गर्ने, मधुर बोलीवचन र व्यवहारका कुरा ती पारिवारिक आदर्शका कुरा आमालाई थाहा हुन्थ्यो । घरमा पाहुना आउनुलाई घरको लच्छिन मानिन्थ्यो र सक्दो सत्कार गरिन्थ्यो । जसका घरमा जति धेरै पाहुना आउँछन् त्यति घरको लच्छिन बढ्छ भनिएको हुँदा पाहुना आउँदा पनि मानिसहरू खुशी नै हुन्थे ।
पाहुनाले खाएको त्यसै खेर जाँदैन अर्कोतिरबाट त्यसभन्दा बढी भएर घरमा आउँछ भन्ने चलन थियो । बाटो हिँड्ने बटुवाहरूलाई चिया पानी सोधपुछ गर्दा पनि घरमा शुभ हुन्छ भन्ने मान्यता अनि अतिथि सत्कारको त्यो आदर्श साँच्चै गहिरो मनोविज्ञान रहेछ भन्ने अहिले आएर लाग्छ । यदि घरमा आएका पाहुनालाई राम्रो नगर्ने हो भने पाहुना पर्ने परम्परा र सरसहयोगको भावना मेटिन्थ्यो । यसरी पाहुनालाई देवता मानिएका कारण उनीहरूको सम्मान पनि भयो र सहयोग पनि भयो । पाहुना लाग्नु राम्रो त थियो पाहुनालाई गरिपु¥याउन गाह्रो थियो । त्यसैले धेरैलाई पाहुना आएको त्यति मन पर्दैन । घरमा पाहुना आउँदा आफ्नो दैनिकी, आफ्ना कार्ययोजना, आफ्नो बजेट, आफ्नो अवस्था र अन्य यस्तै धेरै कुराहरूमा हलचल आउँछ ।
हुनेखानेका घरको त्यस्तै व्यवस्था नहुनेका घरको पनि आफ्नै अवस्था गर्नैपर्ने हुुन्छ । त्यसो हुँदा आफ्नो पारिवारिक योजना र अनि अनुशासनमा तलमाथि पर्न जाने भएकाले पनि मानिसलाई पाहुनाको आगमन सहज नहुन सक्छ । यस कुरालाई शहरबजारमा ल्याएर हेर्ने हो भने यो झनै असजिलो बनेर आउँछ । खास गरी काठमाडौँका हकमा यस्ता कुरा बढी हुन्थे । देशको राजधानी काठमाडौँमा देशैभरिका मानिसहरू छिटफुटमा रहेका हुन्थे । एउटा गाउँको एकजना मानिस शहरमा छ भने काम परेर आउने गाउँभरिका मानिसको आश्रयस्थल त्यही व्यक्ति हुन्थ्यो । आज जस्तो होटलको छ्यालब्याल थिएन र बस्ने चलन पनि थिएन । विभिन्न नाता लगाएर वा अरू नाता नभए पनि गाउँको नाता लगाएर पनि मानिस पाहुना बस्न आउँथे ।
प्रेम र आत्मीयता चाहिएको छ । आत्मीयता नभएका सम्बन्धहरूको औपचारिकता भन्दा अनौपचारिक सम्बन्ध भएका अभ्यागतहरूको आत्मीयताको सुगन्ध प्रिय हुन्छ होला । आफन्तहरू त केवल आरिस गर्नका लागि रहेछन् आशीष दिने त यस्तै पाहुना हुँदारहेछन् ।
त्यसकारण पाहुनाका विषयका धेरै कथाहरू बनेका हामीले सुन्यौँ र धेरैपटक पाहुना बनेर बस्यौँ पनि । पाहुनाका त्यस्ता कथा निकै रोचक र घोचक पनि छन् । नियमित पाहुना आउन थालेपछि दिक्क भएर घरकै सदस्यहरू झगडा गरेको नाटक गर्ने अथवा साँच्चै झगडा गर्ने । अनेक बहाना बनाएर पाहुनालाई घर आउनबाट रोक्न प्रयत्न गर्ने । कसै गर्दा पनि नभए घरमा ल्याउने सुखदुःख गरेर बस्ने आदि आदि । शहरको जनजीवन यहाँको बसोवास र अनि यहाँका घरव्यवस्थाका छुट्टै कथाहरू हुन्छन् । आज ती घरपतिहरू जसले हिजो सकीनसकी पाहुना पालेका थिए तिनलाई पनि आज पाहुना नलाग्दा नियास्रो लागेको होला ।
शहरमा त्यसमा पनि अरू कसैका घरमा भाडामा बसिएको छ र त्यसैमा पनि पाहुना परे भने त्यसको कथा अलि गम्भीर हुनसक्छ । मुस्किलले लिएको एउटा कोठामा घरका सदस्य र पाहुना खाँदिएर बस्न पर्दाको असजिलो होस् कि बच्चाबच्चीलाई रेखदेख गर्न नपाउँदाको असजिलो होस् वा यस्तै धेरै बाध्यतालाई स्वीकार गरेरै पनि पाहुनाको सम्मान गर्ने हाम्रो संस्कृति साँच्चैमा सुन्दर छ । म पनि काठमाडौँमा धेरै पटक अरूका घरमा पाहुना परेको छु । त्यतिखेर आफूलाई पाहुना पर्न जाँदाका असजिलाका बारेमा त्यति हेक्का थिएन । टाढा गाउँबाट आइएको हुन्थ्यो । आफन्त नाताकुटुम्वको घर वा डेरा जे भए पनि खोजेर भेटेर बसिन्थ्यो ।
काठमाडौँको डेरा हो कि घर हो त्यसको पनि त्यति ख्याल गरिएको हुँदैनथ्यो । डेरा र घरमा पनि धेरै फरक पथ्र्यो । पाहुना धेरै आएकै कारण कतिपयलाई तुरुन्तै घरपतिले डेरा सर्न भन्थे । त्यो दुःख पाहुना पर्नेलाई हुँदैनथ्यो । कसैको घर वा डेरा काठमाडौंमा हुनु आफ्नै घरव्यवस्था भएसरह मानिन्थ्यो । त्यसबाट पाहुना पर्न जानेका घरमा के कस्तो असजिलो परेको हुन्थ्यो त्यसका बारेमा सोच्नेभन्दा पनि यिनीहरूकामा नगए कस्कामा जाने त भन्ने पनि हुन्थ्यो । गइन्थ्यो एकदुई दिन बसिन्थ्यो हिँडिन्थ्यो । उनीहरूको साह्रोगाह्रोका बारेमा त्यति ख्यालै हुँदैनथ्यो । त्यतिखेर सोचिन्थ्यो काठमाडौंजस्तो ठाउँमा घर हुनु वा डेरा गरेरै पनि बस्नु महान् कुरा हो ।
र, कहिलेकाहीँ पाहुना पर्न जाँदाको असजिलाको अनुभव पनि हुन्थ्यो । कुनै दिन आफ्नो पनि घर भयो भने यसो गरिन्थ्यो यसो गरिँदैनथ्यो भन्ने पनि लाग्नेगथ्र्यो । काठमाडौँको घर वा डेराका बासिन्दाहरूले हिजो पाहुना पर्दा भोगेका भोगाइहरू आफूले पनि केही समय अनुभव गरियो । घर बनाएको केही समयसम्म गाउँमा जस्तो नभए पनि घरमा फाट्टफुट्ट आफन्त र पाहुना आए । आफ्ना हिजोका दिन सम्झेर सक्दो सत्कार पनि गरियो । कहिले असजिलो अनुभव पनि गरियो होला तापनि कर्तव्य पूरा गरियो तर यताका केही वर्षदेखि घरमा पाहुना आउने क्रम घट्यो । हुँदा हुँदा आफन्तहरू काठमाडौँ आउँदा पनि अलि टाढा छ कसो गरौँ भन्न थालेका छन् ।
यस्तै शिलशिलामा मित्र डा.शान्तिकृष्ण अधिकारीले एक दिन भनेको कुरा सम्झना भयो । ‘पहिलेपहिले घरमा दुई-चारजना विद्यार्थी रैथाने पढ्नकै निम्ति हाम्रो घरमा बस्थे । त्यसबाहेक पनि दुई-चारजना पाहुना घरमा नभएको दिनै हुँदैनथ्यो । त्यो समयमा घरको परिवारले मात्र खाना खाएको मलाई सम्झना नै छैन । ती सबैलाई पकाउने ख्वाउने काम आमाको सधैँको दिनचर्या नै थियो । यो क्रम धेरै वर्ष चल्यो । पिताजी बितेपछिका यताका धेरै वर्ष भए अहिले कहिलेकाहीँ त पाहुना आए पनि हुन्थ्यो भन्ने लाग्छ तर त्यो क्रम चटक्कै टुट्यो अब घरमा उही आफन्तबाहेक कोही आउँदै आउँदैनन् ।’ नभन्दै अहिले त्यसरी आउने ती पाहुना कता हराए ?
ती मानिसहरू काठमाडौं नै आउँदैनन् कि हाम्रो घरमा आउँदैनन् ? भन्ने लाग्छ । सायद हिजोको म जस्तै धेरैका अब काठमाडौँमा आफ्नै घर भए । घर नभएकाहरूका पनि आफ्ना छोराछोरी डेरा गरेर बस्ने भए । पहिला जस्तो पाहुना लागेर जानेभन्दा पनि दुईचार पैसा साथमा छ भने होटलमै बस्ने प्रचलन बढ्यो । त्यस कारण काठमाडौँमा धेरैका घरमा पाहुना आउने क्रम घटेको छ । पाहुना आउँदा असजिलो मान्ने घरहरू पनि होलान् । तिनका कथा छुट्टै लेखिएलान् तर पाहुना आएको रुचाउनेहरू, पाहुनालाई अतिथि देव भनेर सम्मान गर्नेहरू पनि अहिले कोही पनि पाहुना नआउँदा एक्ला भएका छन् । आज पनि घरकै मात्र सदस्य भोलि पनि त्यही ।
घरमा कुनै तरङ्ग आउनै छाड्यो । नयाँपनको अनुभूति हुनै छाड्यो । पतिपत्नीमा हुने सानातिना नोकझोक पनि हराए । हावा पनि नचलेको शान्त तलाउ जस्तो घरको स्थिरतालाई अलिअलि तरङ्ग चाहिएको छ । आफ्नोपनको अनुभूति चाहिएको छ । वसुधैव कुटुम्बकम्को आदर्श चाहिएको छ । सेवा हि परमो धर्म चाहिएको छ । आफू हुनुको बोध चाहिएको छ । घरको सौन्दर्य शोभा बढाउने ती अभ्यागतहरू, अतिथिहरूको भरोसा र विश्वास चाहिएको छ । प्रेम र आत्मीयता चाहिएको छ । आत्मीयता नभएका सम्बन्धहरूको औपचारिकता भन्दा अनौपचारिक सम्बन्ध भएका अभ्यागतहरूको आत्मीयताको सुगन्ध प्रिय हुन्छ होला । आफन्तहरू त केवल आरिस गर्नको लागि रहेछन् आशीष दिने त यस्तै पाहुना हुँदारहेछन् ।
पाहुनाहरू त घरका गहना पो रहेछन् । घरको सौन्दर्यमा निखार ल्याउने अलङ्कार पो रहेछन् । अहिले घर सुनसान छन् । आओस् न भन्दा पनि आउने कोही छैन । बोलोस् न भन्दा पनि बोलिदिने कोही छैन । घरमा बेलाबखतमा हलचल चाहिँदो रहेछ । अतिथि घट्नु घरको लच्छिन कम हुनु नै रहेछ । देवताको आगमन कम हुनु रहेछ । प्रिय पाहुनाहरू ! सुख दुःख जे जसो होला बाँडेर सहौँला एकपटक फेरि मेरो घरलाई अतिथिले हराभरा बनाइदिनुहोस् । पाहुनाहरू आउनुहोस् !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच