सन् २०५० सम्ममा इटालीको जनसंख्या ४ मिलियनले घट्ने

हिमालय टाइम्स
Read Time = 1 min

एजेन्सी । इटालीको कुल जनसङ्ख्या २०५० सम्म करिव ४० लाखले घटेर ५ करोड ४० लाख पुग्ने स्ट्याटले जनाएको छ ।

देशको राष्ट्रिय तथ्याङ्क संस्थान (स्ट्याट) ले सन् २०१४ मा ६१.३१ मिलियनमा पुगेको इटालीको जनसङ्ख्या हरेक वर्ष घट्दै गएको बताएको छ । हाले ५८.८७ मिलियन रहेको छ ।

डाटा साइट वल्र्डोमिटरका अनुसार सन् २०१४ देखि ०.०२ प्रतिशतले बढेको देशको औसत जनसंख्या वृद्धि दरमा वृद्धि भएको छैन । औसत उमेर पनि बढ्दै गएको छ ।

जसले वल्र्डोमिटरले उपलब्ध गराएको ४७.७ को वर्तमान औसत उमेरको तुलनामा शताब्दीको मध्यसम्ममा औसत उमेर ५०.८ वर्ष हुने अनुमान गरेको छ । तथ्याङ्क अनुसार सेवानिवृत्त कामदारहरूको अनुपातमा समस्या छ ।
सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *