
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाउनु भएको छ ।
आइतबार बसेको सदनको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।
प्रतिनिधिसभाको आकष्मिक समयमा बोल्दै सांसद ढकाले भन्नुभयो, ‘अनुसन्धान गर्नुपर्नेहरूलाई मन्त्री पुरस्कार दिइयो । प्रदेशमा गुण्डा नाइके र हातहतियारका मुद्दामा संलग्न रहेकालाई मन्त्री बनाइएको छ,’ उहाँले भन्नुभयो, ‘डीआइजी मनोज केसीलाई विश्वासको मत लिएको दुई दिनभित्रमा सरुवा गरिएको छ । सत्ता जुन कुराका लागि बनेको हो त्यो देखिएको छ ।’
प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका डीआईजी केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झालाई पक्राउ गर्न सहयोग गर्नुभएको थियो ।
सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा अोलीले विश्वासको मत लिँदा रास्वपालाई नातिनातिनाको संज्ञा दिएको भन्दै आपत्ति जनाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच