काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग५० हजार धरौटी मागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि अर्याल आज बयान दिन पुगेका थिए ।
थुनछेक बहसको क्रममा अर्यालसँग ५० हजार धरौटी मागिएको हो ।
आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो ।
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितलाई प्रतिवादी बनाएर गत असार ९ गते मुद्दा दायर गरेको थियो ।
अन्तःशुल्क स्टिकर छपाइ गर्दा ६ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच