काठमाडौं । बैंक तथा वित्तीस संस्था परिसंघ(सिबिफिन)ले मौद्रिक नीतिको स्वागत गरेको छ । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्यांकन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष रूपमा आएको सिबिफिनले जनाएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको आत्मविश्वास जागृत गराउँदै विगत केही वर्षयता शिथिल हुँदै आएका आर्थिक गतिविधि र अर्थतन्त्र जीवन्त बनाउँदै आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अवलम्बन गरिनु र अपेक्षाकृत रूपमा सहजीकरण प्रयास गरिनुले आमरूपमा आशा, भरोसा र विश्वास जगाएको सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा भएको दबाब सम्बोधन गर्न क्यापिटल एडवेक्वेसी फ्रेमवर्कमा पुनरावलोकन, असल कर्जाको नोक्सानी व्यवस्थामा कमी, रेगुलेटरी रिजर्भमा रहेका केही रिजर्भलाई टायर टु क्यापिटलमा गणना गर्न सकिने प्रावधान र पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्नु मौद्रिक नीतिका सकारात्मक र सराहनीय कदमहरू रहेको सिबिफिनको भनाइ छ ।
त्यस्तै नीतिगतदर घटाइनु, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा वृद्धि गरिनु, निर्माण व्यवसायीलाई विशेष प्राथमिकतासहितको राहत दिनु, संस्थागत सेयर धितो कर्जाको सीमा हटाइनु, कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जालाई सहज बनाउने नीति अवलम्बन गरिनु, चालु पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनमा ‘भेरियन्स एनालिसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थामा समयावधि थप गरिनु, लघु, घरेलु, साना एवं मझौला उद्यमका लागि तोकिएको सीमा पुनरावलोकन व्यवस्था गरिनुले आर्थिक गतिविधि चलायमान बनाउँदै सुषुप्त अवस्थामा रहेको अर्थतन्त्र लयमा फर्काउन महत्वपूर्ण सहयोग पुग्नेमा आशावादी रहेको बताइएको छ ।
त्यस्तै लघुवित्त संस्थालाई सुदृढीकरण गरिने, बचत तथा ऋण सहकारीको नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै संयन्त्र निर्माणका लागि लिइने पहलले समग्र वित्तीय प्रणालीमाथिको विश्वासमा अभिवृद्धि गर्न र स्थायित्व कायम गर्नमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ । सम्पत्ति व्यवस्थापन ऐनका लागि लिइने पहल र वित्तीय संस्थामा बढ्दो डिजिटल प्रविधि प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी सोेबाट सिर्जना हुन सक्ने जोखिम पहिचान गर्ने गरी पहल गरिनु मौद्रिक नीतिका स्वागतयोग्य पक्ष रहेको सिबिफिनले जनाएको छ । त्यसैगरी राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार र संस्थागत संरचना तयार पार्ने व्यवस्थाले समेत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
बैंक तथा वित्तीय क्षेत्रसहित समग्र निजी क्षेत्रमा उत्साह भर्दै शिथिल अवस्थामा रहेका आर्थिक गतिविधि र अर्थतन्त्र चलायमान बनाउने गरी आएको मौद्रिक नीतिको व्यावहारिक एवं नतिजामूलक कार्यान्वयन हुने व्यावसायिक वातावरण र रोजगारीका अवसर सिर्जना गर्दै यसअघि जारी पञ्चवर्षीय योजना र वित्तीय नीतिमा भएका व्यवस्थाबमोजिम रोजगारी र उच्च शिक्षाका लागि विदेशिएका नागरिकलाई फर्काउने पहल गर्नुपर्ने पनि सिबिफिनको सुझाव रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच