काठमाडौं । साहित्यकार तथा पूर्वसचिव गोपी मैनालीको कथासंग्रह ‘विशृंखलित सपना’ सार्वजनिक भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित उक्त कार्यक्रम बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा प्राडा.दीनेशराज पन्तको विशिष्ठ आतिथ्यका कार्यक्रम सम्पन्न भएको थियो ।
अच्युत घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्राडा.लेखप्रसाद निरौला तथा अनिता कोइरालाले विमोचित पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो । पुस्तकका लेखक गोपी मैनालीको लेखकीय मन्तव्य तथा टंकमणि शर्मा, उमेश मैनाली, राजेन्द्र केसी, सरोज खनाल, गोविन्द घिमिरे वेदमणि, विजय चालिसे, राघेश्याम लेकालीलगायतका वक्तहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच