✍️ खेमनाथ दाहाल
गत ४ गते शुक्रबारको अंकबाट क्रमशः
त्यसैले मतिर हेरेर तुरुन्तै भनी होइन यी सबै पूर्वलडाका हुन् तसर्थ यिनीहरू तिमीहरूलाई राम्ररी चिन्ने क्षमता राख्तछन् । उनीहरूले तिमीहरूलाई अभिवादन गर्नु भनेको हाम्रो प्राचीन संस्कार हो । तिमीहरू शत्रु भए पनि अहिले दूतको रूपमा आएको उनीहरूको सोच हो । उसले यसो भनेपछि मनमनै म पानी पानी भए पनि उसलाई देखाइन र हाम्रा साथीहरूले उसको यो भनाइलाई व्यंग्यका रूपमा लिएर तनाव नहोस् भन्ने सोचेर मैले हत्तपत्त कमाण्डरलाई हामी ढिलो न गरौँ अब भनेँ ।
सायद मैले हतार गरेको बुझेर उसले भनी कमसेकम एकपटक भित्र हेरेर त जाऔँ ! उसको यो भनाइलाई हाम्रो कमाण्डरले नकार्न चाहेन भनौँ वा सकेन र मलाई अगाडि बढ्न इशारा गर्यो । म अगाडि बढेँ । बढ्दै गर्दा कताकता कतै यो कमाण्डर पनि म जस्तै यो केटीको सुन्दरतामा मोहित त भएन ? अचानक मनमा शंका उपशंका उत्पन्न भए । कमाण्डरले ढिलो गर्न चाहिरहेको कारण खोज्न मनलाग्यो तर समय भएन ।
युवतीको भित्रजाने अनुरोधमा मलाई स्त्री शक्तिका प्राचीन कथा, ग्रीस एथेन्स युद्धका इतिहासका मिथकहरू देखि लिएर पहिलो दोस्रो विश्वयुद्धका जासुुस युवतीसम्मको झझल्को आयो । झझल्कोले उसका कृत्यमापनि कतै डर कतै तृष्णा र वासनाको गन्ध अनुभूत भयो । संझे कतै सम्मोहन त गरिन यसले ? कताकता डर लाग्न थाल्यो । डरलागे पनि यहाँ विकल्प रहित भएकाले म कमाण्डरको अगिअगि भित्र गए । भित्र पस्नासाथ टक्टकाउँदा विछ्यौनामा आराम गरिरहेका बृद्धाहरूको जमातलाई देखेर हामी झन् चकित भयौँ । एकछिन त्यो हृदयस्पर्शी दृश्य हेर्यौ र फर्किएर साथीहरूलाई भन्यौ । कति साथीहरू भित्र गएर महानकार्य भन्दै फर्किए कतिले ढोकाबाटै चियाएर सन्तोष माने । घामले डाडा काट्न लागेकोले हामी फर्कने तरखरमा लाग्यौँ ।
भियतनाममा यदि कसैलाई युद्धमा नजा भन्यो भने ऊ आफ्नू अपमान सम्झिन्छ यसबेला । हरेक मानिस स्वतस्फूर्त युद्धमा होमिन चाहन्छन् । यो उनीहरूलाई कसैले गरेको वाध्यता होइन बरू स्वविवेकले उत्पन्न राष्ट्रवादको उभार हो ।
हामी हिँड्नुपूर्व कमाण्डरले युवतीलाई सोध्यो ‘के यी सबै केटाकेटी र वृद्धाहरू यसै गाउँका हुन् ?’ उसले हास्तै ‘होइनन्’ भनी । ‘अनि !’ कमाण्डरले अनिमात्र भनिसक्ता उसले ‘हामीहरूले देशभर यस्ता धेरै शिविरहरू चलाएका छौँ जहाँ वृद्धवृद्धाका लागि सेवा र बालबच्चाका लागि लालनपालन र आवश्यक शिक्षाको व्यवस्था गरिन्छ । हामी मानिसको विनाश होइन बरू तिनको सेवा र रक्षागर्न यो संसारमा आएका हौँ भन्ने कुरामा विश्वास गर्छौ । यही भावनाले ओतप्रेत भएर नै सेवालाई कर्तव्य सम्झन्छौ । युद्ध पीडितका लागि आवश्यकता र अवस्था अनुसारका विभिन्न शिविरहरूको स्थापना गर्दछौँ । हस्पिटल, स्कुल, आश्रम खोल्दछाँै र त्यही अनुसार सेवा उपलब्ध गराउँदछौँ । बालबालिका सोह्रसत्र वर्षका हुने बित्तिकै जन्मभूमिलाई मुक्त पार्ने पूनित कर्ममा समर्पणका लागि प्रेरित गर्दछौँ र योग्यलाई हातमा बन्दुक दिएर तिमीहरूसित लड्न पठाउँदछौँ ।
अहिले यस शिविरमा तिमीहरूले देखेका देशका विभिन्न क्षेत्रबाट ल्याइएका छ-सात वर्षका नानीहरू हुन् । उनीहरूका लागि प्राइमरी शिक्षालगायत सम्पूर्ण सुविधा हामी उपलब्ध गराउँछौँ । अहिले भर्खरै तिमीहरूले देखेका पैसठ्ठी पार गरेका असक्त वृद्धाहरूलाई यहाँ उपचारका साथसाथै तालिम प्रदान गरिन्छ । तालिम दिएर यिनीहरू मध्ये योग्यलाई युद्ध भूमिमा सामान्य चोटपटक लागेका वा केही कारणले आराम गर्नुपर्ने परिस्थितिले शिविरमा ल्याइएका योद्धाको प्राथमिक उपचारमा सम्लग्न गराउँछौँ ।
भियतनाममा यदि कसैलाई युद्धमा नजा भन्यो भने ऊ आफ्नू अपमान सम्झिन्छ यस बेला । हरेक मानिस स्वतस्फूर्त युद्धमा होमिन चाहन्छन् । यो उनीहरूलाई कसैले गरेको वाध्यता होइन बरु स्वविवेकले उत्पन्न राष्ट्रवादको उभार हो । तिमीहरूको उपस्थीतिका कारणले दिनानुदिन बढिरहेको छ यो भवना र हरेक पटकको तिमीहरूको अत्यचारी र निर्दयी क्रियाकलापले अझ ऊर्जावान बनाएको छ हामीहरूलाई ।
जसरी शोषकले शोषितलाई थिच्ताको परिणाम अन्ततः क्रान्तिको रूपमा प्रकट हुन्छ त्यस्तैगरी साना मुलुकलाई ठूला मुलुकले न्याकिरहृयो भने उसको न्याकाइको पीडाबाट जुन ऊर्जा निस्कन्छ त्यो यति शक्तिशाली हुन्छ कि त्यसलाई कसैले थामेर थामिँदैन । त्यसबेला जस्तै ठूला देशले पनि रातोरात भाग्नुपर्ने हुन्छ । जसको उपमेय उदाहरण तिमी भियतनामबाट भागेको हँुदैछ । उसका कुराले पारो चडेको साथीहरूको क्रियाकलाप देखेपछि केही अनिष्ठ होला कि भनेर अविचलित कुरा सुनिरहेको कमाण्डरलाई बिस्तारै उनीहरूतिर संकेत गर्दै सोधे के गर्ने अब ? उसले फुसफुसाउँदै भन्यो केही बेर हेरौँन यसले केही कुरा चुहाउँछे कि ?
साथीहरू जति नै आक्रोशित भए पनि कमाण्डरले वार्तालाई निरन्तराता दिन शान्त भएर केटीलाई ‘तँ अहिले के के काम गर्छेस् त यहाँँ ?’ भनेर प्रश्न गर्यो । उसले तुरुन्त ‘खासमा म पेशाले डक्टर हुँ र यहाँँ आउनुभन्दा पहिले म फ्रान्समा प्राक्टिस गरिरहेकी थिए’ । जब मेरा अन्तरमनले हरेक प्रवासी भियतनामीले आफ्ना देशका लागि केही गर्ने बेला यही हो भनेर अनुभूत गर्यो तब मैले फ्रनसमा राष्ट्र सेवाका लागि बलिदानी बनाँै भनेर अभियान चलाएँ र केही साथी लिएर यहाँँ आएँ । मेरा अभियानको प्रभाव दूरगामी भयो । जसको परिणामले प्रवासमा बसेका धेरै देश फर्किएर मातृभूमिको रक्षा गर्न खटिएका छन् कुनाकुनासम्म ।
बोल्दाबोल्दै गरेकी युवतीलाई रोकेर कमाण्डरले ‘भरखरै तैले तीन हेलीकप्टर र साठीभन्दा बढी लास गिराएँ भनिस् अहिले डक्टर हुँ भन्दैछस् तेरा कुन कुरा पत्याउने ?’ द्विविधायुक्त प्रश्न गर्यो । उसले भनी ‘फ्रान्सबाट सिधै ट्रेनिङ सेन्टरमा गएँ र छ महिनाको ट्रेनिङ लिएँ, त्यसपछि चार वर्ष युद्धको मैदानमा खटे त्यही बेलाको कुरा हो त्यो । त्यसपछि मलाई विभिन्न शिविरमा घुमीघुमी त्यसको व्यवस्थापन र बिरामीहरूको हेरचाह गर्ने काम सुम्पिएको छ । त्यही अनुरूप केही दिनको लागि म यहाँँ खटिएकी छु ।’
उसले यति भनिसक्ता कमाण्डरले सोध्यो ‘के तलाई यसरी निर्धक्क हामीसँग कुरागर्न डर लागिरहेको छैन ! थाहा छ हामी यहाँँ किन आएका हौ ?’ उसले किमार्थ नडराई भनी ‘अवश्य मलाई थाहा छ ।’ त्यसपछि केही घोत्लिएझैँ गरी र प्रष्टीकरण दिँदै मन्द आवाजमा भनी ‘मलाई थाहा छ तिमीहरू यो क्याम्प उडाउन आएका हौ । त्यतिमात्र होइन अझ मलाई यो पनि थाहा छ कि हामी चारैतिरबाट तिमीहरूबाट घेरिएका छौँ ।’ उसका उत्तरमा हामी चकित भयौँ ।
प्रेमका ज्वारका रूपमा मनमा उठेका तरंगहरूलाई लुकाउँदै मैले कमाण्डरलाई बिस्तारै भनेँ ‘तेरो भनाइ ठीक हो तर अरूको विचार पनि बुझौँ ?’ मेरा भनाइको आशय बुझेर उसले अरू साथीलाई साध्यो । दुईलाई छोडेर कसैले पनि सिधै गोली ठोकौँ भन्न सकेनन् ।
उनीहरूको सशक्त सूचना प्रणालीले मनलाई केही चिसो बनायो । उसको भनाइ सुनेपछि केही कड्किँदै कमाण्डरले भन्यो “तथापि त डराएकी छैनस् हो कि ?’ कमाण्डरले आक्रोशित भावमा प्रकट भए पनि उसले धैर्य भएर ‘किन डराउने ? तिमीहरूले हामीलाई उडाएको मिनटभित्रमा अमेरिकाले भियतनाममा बालबालिका र वृद्धवृद्धाहरूको अनाथालयमा बम प्रहार गरेर सयांै बालबालिका तथा वृद्धवृद्धाको नरसंहार ग¥यो भनेर विश्वको मुख्य समाचार बन्नेछ । यसै त यो युद्धमा तिमीहरू विश्वको नजरबाट गिरिसकेका छौ अझै यस्तो घिनौनी कुकृत्य थप्यौ भने हामी त शहीद हुनेछौँ । तिमीले के पाउने छौ ? क्षणिकको अहंकार र दम्भको हुंकारमा विनिर्मित अपराधकोे तक्मा ।
सम्राज्यवादी विचारको सिपाही भएर गलत गर्नुपूर्व व्यक्तिगत र मानवीय हिसाबमा तिमीहरू सोच संवेदनशीलता पनि मानव जीवनको एउटा पाटो हो । के तिमीहरू पछि तिम्रा सन्ततिलाई तिम्रो अतीत वा इतिहास सुनाउँदा मैले यति अपांग, वृद्ध र बालबालिका मारेको थिए भनेर सगौरव भन्न सक्छौ ? यदि हामीलाई मार्यौ भने तिम्रो इतिहासमा त यो एउटा कालो पन्ना थपिनेछ । त्यसबेला हामीलाई मारेको पश्ताचापको पीडाले तिमी र तिम्रा सन्ततिलाई जुन पीडा हुनेछ त्यसलाई शमन गर्ने शक्ति जुटाउन के तिमीहरू र तिम्रो भावी पुस्ताले सकौला ?
उसको यो एक प्रकारको चुनौती सुन्दा हामी सबै रिसले धुवाँधुवाँ भयौँ । हाम्रो कमाण्डर भने शान्त देखियो । साथी समूह भएको नाताले सल्लाह माग्दै ‘हामीले योसमेत ती वृद्ध र बालबालिकाहरूलाई मारेर हिँड्दा तत्काल हाम्रो उद्देश्य पूरा होला कि ? उपलब्धिभन्दा बद्नाम बढी होला साथी हो ? आखिर यसले भनेको कुरामा केही त सत्यता पनि छ’ भन्यो । उसको भनाइमा मैले युवतीले भरखरै गरेको यक्ष प्रश्नको प्रत्युत्तरको आभाष पाएँ तर साथीहरूले कसरी बुझे गम्न सकिन । कमाण्डरले यति भनेको सुन्नासाथ मेरा मनमा भने अन्तद्र्वन्द्वको आँधी फैलियो । मेरो मानवीय मनले त्यस सुन्दरताको प्रतीक भनौँ कि प्रतिमूर्तितिर हेरेर आफैँलाई सोध्न थाल्यो के तँ त्यसलाई गोली हान्न सक्छस ?
म आफैँदेखि तिल्मिलाएँ र मनमनै भनेँ यस्तो जघन्य परिकल्पना नगर । यो कर्म मेरा लागि जीवनपर्यन्त पीडाको कारक बन्नेछ । यसलाई मार्नु को त के कुरा यसलाई देखेपछि मेरा मनले निरन्तर खोजिरहेको र खोजिरहने सुन्दतालाई आफैँले शून्यमा विलय गर्नु हो । यसलाई मारेर म सुन्दरताको विनाश गर्न सक्तिन किनकि सुन्दरताको विनाश गर्नु भनेको आफूभित्र रहेको जिउने जीजिविषाको अन्त्य गर्नु हो । आफूभित्र पश्चातापको बिरुवाको बीजारोपण गर्नु हो । यसबेला मेरा सैनिक मनले बोलिरहेका सैनिक कर्तव्यलाई मेरा सम्यक् मनले बन्दी बनायो ।
प्रेमका ज्वारका रूपमा मनमा उठेका तरंगहरूलाई लुकाउँदै मैले कमाण्डरलाई बिस्तारै भनेँ ‘तेरो भनाइ ठीक हो तर अरूको विचार पनि बुझौँ ?’ मेरा भनाइको आशय बुझेर उसले अरू साथीलाई साध्यो । दुईलाई छोडेर कसैले पनि सिधै गोली ठोकौँ भन्न सकेनन् । ती दुई साथीहरूले हामी उपकार गर्न आएका कि युद्ध गर्न आएका ? भनेर प्रश्न गर्दै हाम्रा त्यत्रा सैनिक र हेलिकप्टर खसाएँ भनेर सिधै चुनौती दिने दुश्मनलाई त्यसै किन छाड्ने ? या त मार्नुपर्छ नभए समातेर लिएर जानुपर्छ भन्ने तर्क गरे । उनीहरूको विमति सुनेर मैले सोचेँ उनीहरूको मन सैनिकका रूपमा सत्य बोलिरहेको छ । उनीहरूको भनाइ सैनिकको हैसियतमा ठीक भएकाले कसैले प्रतिकार गर्ने कुरा भएन । हामीबीचमा नै एक प्रकारको अन्योलको स्थिति सिर्जित भयो ।
एकछिन हामी सबै मौन भयौँ कसैको केही बोल्ने हिम्मत भएन किनकि सच्चा सैनिकको व्यवहार ती दुईबाट भइरहेको थियो जो अहिलेको परिवेशमा हाम्रो प्रतिकूल थियो । साथीहरूले यसरी विमति जनाए पनि गम्भीर भएर तर्क सुनिरहेको कमाण्डरले के सोच्यो को नि ठीक छ यसबारेमा सोचेर निर्णय गरौँला । अहिलेको अवस्था हेर्दा यो तुरुन्त भागेर कही जाने हालतमा छैन अतः हाम्रो अनुकूलमा यसलाई कारबाही गरौँला भन्यो र यसै फर्कने निर्देशन दियो । मिसन सफल नभएकोमा खल्लो मान्दै अन्ततः हामी सबै फर्कियौँ । यसरी कथा भन्दाभन्दै एकाएक डोनाल्ड केही गम्भीर भयो र यस विषयमा थप कुरा गरौँला भन्दै दबाई खाने बेला भयो भन्दै घरतिर लाग्यो । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच