संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक जारी

हिमालय टाइम्स
Sankramankalin nyaya byawastha baithak
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । बैठकमा टुंगो लाग्न बाँकी विषयमा सरोकारवालासँग छलफल गर्ने गत शुक्रवारको कार्यदलको बैठकको निर्णयानुसार आज बैठक बसेको हो । बैठकमा कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति रहेको छ ।

कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानूनमा भएभन्दा ७० प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्ने भन्नेबारेमा पनि सहमति जुटिसकेको छैन ।

यद्यपि सैद्धान्तिक रुपमा भने सहमति भइसकेको बताइएको छ । सरोकारवालासँग छलफलपछि सोही आधारमा प्रतिवेदन तयार पार्ने र शिर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता