काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिरा बाबु थापासहित ३ जनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
उनीसहित उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाले दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आब २०८०/०८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग कमिशन वापत ८० हजार लिएकै बखत पक्राउ परेको अख्तियारको दाबी छ ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि हुन आएको हुँदा उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो असी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत माग गरि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच