काठमाडौं । लोयाङ शेर्पाको स्वरमा रहेको गीत ‘सान्नानी’को भिडियो सार्वजनिक भएको छ । एरिक विश्वकर्माको शब्द, संगीत र गीतमा विराज गौतमको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रसिक राजको निर्देशन रहेको भिडियोमा नवौं ‘डीएसए प्री-टीन डान्सिङ स्टार’ प्रिन्सु रेग्मी, नवौं ‘डीएसए डान्सिङ स्टार’ युना सिंह ठकुरी, दशौं ‘डीएसए जुनियर डान्सिङ स्टार’ बाटिका बिजुक्क्षे, दशौं ‘डीएसए मिनि डान्सिङ स्टार’ दिव्या नेपाली, बाह्रौं ‘डीएसए प्रि-टिन डान्सिङ स्टार’ सिम्रिका श्रेष्ठ र लोयाङ फिचर्ड हुनुहुन्छ ।
भिडियोमा अनिशा खत्रीको कोरियोग्राफी, अभिषेक श्रेष्ठको संयोजन, पिंकी तामाङको मेकअप, विकास सिटौलाको छायांकन छ । परिवर्तन इभेन्ट हाउसको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
हाउसले बालबालिकाहरू ‘डीएसए स्टार’को विजेतावापत उपहारस्वरूप यो भिडियोमा अभिनय र गायनको अवसर पाएको जनाएको छ । भिडियोको निर्माण परिवर्तन इभेन्ट हाउसले गरेको हो । लोयाङ शेर्पा जर्जियामा भएको ‘वल्र्ड राइजिङ स्टार २०२४’का उपाधि विजेता र १०औं ‘डीएसए सिङ्गिङ स्टार’ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच