काठमाडौं । पाल्पा, तान्सेन नगरपालिका–८ कार्की डाँडामा बुबा तेजबहादुर भण्डारी र आमा चम्फा भण्डारीको कोखबाट जन्मिएका श्रीकृष्ण क्षेत्री (भण्डारी) विसं २०६० सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँले सुरुवातमा दोहोरी साँझमा गीत गाउनेदेखि मेला महोत्सवमा पनि गीत गाउने गर्नुहुन्थ्यो । त्यसका अलवा उहाँले नयाँ गीतमा संगीत भर्ने र स्टुडियोमा गीत गाउनसमेत सुरु गर्नुभएको थियो ।
उहाँले ‘आँशुको छल्को’ नामक गीतबाट औपचारिक रूपमा गायक एवं संगीतकारको रूपमा आफ्नो पहिचान बनाउनुभएको थियो । हालसम्म उहाँले सयौं गीतमा शब्द लेख्ने, संगीत भर्ने, स्वर दिने गर्नुभएको छ भने केही गीतमा अभिनयसमेत गर्नुभएको छ । उहाँ केही देशमा सांगीतिक कार्यक्रमको शिलशिलामा पनि जानुभएको छ ।
बहुप्रतिभाशाली व्यक्ति उहाँका लोकदोहोरी गीतहरू ‘रोधी घरमा, लाल्टिनै बालेर, पानी त्रिशूलीको, लेकैमा शिर, साईलीको भट्टी, मोबाइलको ब्याट्री लो भइसक्यो’, आधुनिकतर्फ ‘राम हो झुमा हो, मौसमले च्यालेञ्ज ग¥यो’लगायत आधादर्जन गीत चर्चामा छन् ।
उहाँले तीनदर्जन जति कलाकारहरूलाई सर्जकका हिसाबले स्थापित बनाउन सफल हुनुभएको छ । गायक, गीतकार एवं संगीतकारको रूपमा परिचित श्रीकृष्ण पारिवारिक कामले गर्दा केही समय सांगीतिक क्षेत्रबाट टाढा भएको जस्तो महसुस भएको थियो, साथीले पनि ‘किन सांगीतिक क्षेत्र छोडेको हो ?’ भनेर प्रश्न गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । अब पूर्णरूपमा सांगीतिक क्षेत्रमा फर्किएको र आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिने उहाँ बताउनुहुन्छ । चाँडै तीजलगायत अन्य गीत गरेर आधा दर्जनभन्दा बढी गीत बजारमा आउन लागेको उहाँले सुनाउनुभयो ।
सांगीतिक क्षेत्रमा लागेपछि उहाँलाई कहिल्यै पछि फर्केर हेर्नु परेन । स्कुले जीवनमा बिभिन्न प्रतियोगितामा भाग लिनुहुने उहाँ प्रथम र द्वितीय हुने गर्नुहुन्थ्यो । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा विकृति आएको र त्यसलाई निर्मूल पार्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । ‘म आफू कलाकार भएको नाताले विकृति ल्याउने खालका गीतहरू गर्दिनँ र मौलिक कला संस्कृतिको जर्गेना गर्ने खालका गीतहरू गर्नेछु साथै हरेक प्रकारका गीत गाउँछु, सिर्जना गर्छु’, उहाँ प्रतिबद्धता जनाउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच