जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचविखन अपराध विरुद्धको दिवसमा संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेरेसले हामीमध्ये सबैभन्दा कमजोर बालबालिकालाई मानव बेचविखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आहृवान गर्नुभएको छ । माननव बेचविखन एउटा डरलाग्दो अपराध हो । मानव बेचखिनबाट पीडितमध्ये एकतिहाइ बालबालिका छन् । उनीहरूबाट श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने र आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकल्पनीय दुव्र्यवहार भोग्दै आएका छन् उहाँले भन्नुभएको छ । उहाँले भन्नुभएको छ यस्ता अपराधले बालमनमा र शरीरमा पर्नजाने घातक चोटहरू लामो समयसम्म रहिरहनाले तिनको जिन्दगी बरवाद हुने गरेको छ ।
त्यसैले हामीले बाल संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने, पीडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिबारलाई सहयोग गरेर शोषणको मूल कारणलाई निर्मुल पार्न सुरक्षा प्रकृयालाई बलियो बनाउनुपर्छ । कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्कन नपाओस् भन्नका लागि नागरिक समाज, प्राबिधिक कम्पनीसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आहृवान गर्नुभएको छ । उहाँले आजका दिनमा हरेक बालबालिकाका सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रोे प्रतिबद्धता व्यक्त गरौं भन्नुभएको छ ।
कमाराकमारी प्रथा उहिले अन्त्य गरिए तापनि पश्चिम नेपालमा हलिया र कमलरी प्रथा चलिरहेकै छन् । त्यस्तै पूर्वी नेपाालमा हरूवाचरुवा प्रथा चलिरहेकै छन् ।
मानव ओसारपसार गरी बेचविखन गर्नेे रोग धेरै पुरानो हो । खेतीपातीको काम गर्न, घरेलु काम गर्न मिलहरूमा जनावर जस्तो गरी जोतिन, सेनामा भर्ती गराउन, यौनदास र दासी बनाउने जस्ता अनेकानेक प्रयोजनका लागि मानिसहरूले बेचविखनमा परी नारकीय जीवन बिताउनु परिरहेको थियो । अहिले भनिएको यो जघन्य अपराधलाई त्यति बेलाको राज्यव्यवस्थाले कानुनी मान्यता दिइरहेको थियो । बलियाले निर्वलीयाको श्रमशोषण गर्ने उनीहरूनमाथि अनेक किसिमको दुव्र्यवहार र अत्याचार गर्नेगरेका थिए ।
यस्ता कार्यले कानुनी मान्यता पाएको दस्ताबेजहरू खोज्दैजाँदा मेसोपोटामियामा ३५०० बी.सी.पूर्र्व नै मान्यता पाइसकेको देखिन्छ । (विकिकपेडिया, हिष्ट्री अझ स्लेभरी ।) यो मेसोपोटामियामा मात्र होइन प्राचीन सभ्यता भएका देशहहरू ग्रीस, इजिप्ट चाइना, बेबिलोन, पर्सिया, भारत, रोमन एम्पायर, अरब इस्लामिक खलिफा र सुल्तानियत सभ्यता भएका देशहरूमा कुनै न कुनै कानुनी मान्यता पाएर प्रचलित हुँदै आएको थियो । युरोप र अमेरिकामा पनि उन्नाईसौं शताब्दीसम्म अफ्रिकाबाट ल्याइएका दासप्रथा कायम रहेकै थियो । १६०० ई. पश्चात युरोपियन मुलुकहरू डच, फ्रेन्च, स्पेनिस, पोर्चगिज, बृटिश र अधिकांश पश्चिमी अफ्रिकन अधिराज्यहरूले पनि मानिस ओसारेर बिक्री गरेबाट लाभ प्राप्त गरिरहेका थिए । तिनताका यो पेशाव्यवसायको रूपमा प्रबद्र्धन भइरहेको पाइन्थ्यो । मानिस बेचिनपुग्नुको कारण थियो ज्ञान र चेतनाको अभाव र चरम गरिबी ।
गरिबीले गर्दा मानिस खान लाउनकै लागि तथा प्राप्त नगदी जिन्सी आफ्ना आश्रितलाई दिएर आपूm गुलामीको जंजिरमा बेरिन पुग्नेगरेका थिए । उत्तरी अमेरिकामा घरेलु र औद्यौगिक कामदार गुलामबाहेक गुलाम सैनिकहरूको संख्या पनि निकै रहेको थियो । दक्षिणका सात राज्यहरूले थालेका पृथकतावादी आन्दोलनमा सरिक हुन ती गुलाम सैनिकहरू भाग्न थाले र उत्तरका अरू राज्यहरू पनि पृथकतावादी आन्दोलन मन सामेल हुनथालेपछि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति अब्राहम लिंकनले जनवरी १, १८६३ मा दासप्रथा औचारिक रूपमै अन्त्य भएको घोेषणा गरेका थिए ।
त्यसपछि सन् १८६५ ई.मा संविधानको तेह्रौं संशोधनमा संवैधानिक मान्यता दिइएको थियो । नेपाली सामन्ती समाजमा पनि परापूर्व कालदेदिख गरिबलाई नगद वा जिन्सी दिएर कमाराकमारी राख्ने प्रचलन रही आएको थियो । दिएको रकमको मात्रा हेरेर परिवारको एकजनामात्र होइन अन्य सदस्यहरूले पनि बेगारमा (विनापारिश्रमिक) काम गर्नुपर्ने हुन्थ्यो । साहु, महाजन, जमिन्दारहरू ऊसँग जमिनको एक टुक्रा रहेछ भने सोसमेत हडप गरी आफूले दिएको जिन्सी अन्नपात वा एक टुक्रा जमिनमा टहरा बनाई बस्न दिएबापत जिन्दगीभरि सित्तैमा काम गराइरहने गरिन्थ्यो । अत्याचार कतिसम्म भने उसले काम गर्दागर्दै कालगतिले मृत्यु हुन गए पनि ऋणमोचन नगरी उसका सन्तानले उसका बाउले जस्तै गरी काम गर्नुपर्ने हुन्थ्यो ।
यस्ता किसिमसँग भएका अत्याचारहरूले गर्दा नेपाली आमजनता गरिबीको दलदलमा यसरी फसेका र फसाइएका छन् कि त्यस दलदलबाट निकाल्ने अहिलेका याबत प्रयासहरू विफल भइरहेका छन् । राणा शासन कालमा नेपालमा यौनदासी बनाउन डोलानानीहरू कलिलै उमेरदेखि गााईबाख्रा झैँ खोरमा एकै ठाउँमा राखेर पालिन्थ्यो । जवान हुँदै गएपछि छानी छानी यौनकार्यमा प्रयोग गरिन्थ्यो । तर, तिनै राणाका प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९८१ सालमा सर्वसाधाारण जनताकोमा रहेका राखिएका कमाराकमारीहरूको ऋण मोचन गरी कमाराकमारी प्रथाको उन्मुलन गरेका थिए । यो प्रथा अन्त्य गर्नका लागि साहुमहाजन, जमिन्दार र अन्यबाट कमाराकमारीले काढेको ऋण चुक्ता गर्न त्यस बेला पशुपति विकास कोषको ठूलो रकम चलाउनु परेको थियो ।
नेपालमा विगत केही दशकदेखि महिला तथा बालबालिकाहरू गैरकानुनी रूपमा यौन व्यवसायका लागि सीमापारिका मुलुकहरूमा बेचिने गरेका छन् । यसमा छिमेकी भारत प्रमुख गन्तव्य रहेको छ ।
कमाराकमारी प्रथा उहिले अन्त्य गरिए तापनि पश्चिम नेपालमा हलिया र कमलरी प्रथा चलिरहेकै छन् । त्यस्तै पूर्वी नेपाालमा हरूवाचरुवा प्रथा चलिरहेकै छन् । सामन्ती समाजमा यस्ता विकृति कुनै न कुनै रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चलिरहेकै हुन्छन् जसले गर्दा वर्गविभेदको खाडल झन झन फराकिलो र गहिरो बनाउँदै लगेको देखिन्छ । कानुनी रूपमा यस्ता विकृति बन्द गरिए तापनि यसले रूप र ढंग बदलेर कानुनको नजरबाट ओझेल पारेर मानव ओसारपसार र बेचविखन कार्यहरू सीमापार व्यापारमा अझ तीव्रता भइरहेको पीडितको उद्धारपछि सार्वजनिक हुने गरेका घटनाहरूबाट थाहा हुन आइरहेको छ ।
दक्षिण एशियाका मुलुकहरूमा जलवायु परिवर्तनले ठूलो दुष्प्रभाव पारिरहेकोले आममानिसको आर्थिक जनजीवन अस्तब्यस्त भइरहेको अवस्था, आन्तरिक द्वन्द्वले मानिसहरू त्रसित भइरहेका अवस्था तथा नियन्त्रणमा कठिनाइ भइरहेका सरुवा रोगहरूको प्रकोपले गर्दा तथा गरिबी अशिक्षा र चेतनाको कमीले गर्दा मानिसहरू प्रलोभनमा परी मानव ओसारपसार गर्ने गिरोहको चंगुलमा पर्नेगरेका छन् । सात समुन्द्रपारिसम्म ओसारिएर ठगिने गरेका छन् । कहिलेकाहीँ बिचौलियाले मोटो रकम लिएर पनि डेस्टिनेसनमा पुग्नै नस्क्ने गरी बीचबाटोमै अलपत्र पारदिने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रमबजारमा यी वयस्क युवायुवतीहरू सबैले बिचौलियाले भनेजस्तो काम नपाएर श्रम शोषणमा पर्नेगरेका छन् ।
नेपालमा भने विगत केही दशकदेखि महिला तथा बालबालिकाहरू गैरकानुनी रूपमा यौन व्यवसायका लागि सीमापारिका मुलुकहरूमा बेचिने गरेका छन् । यसमा छिमेकी भारत प्रमुख गन्तव्य छ । नेपाल र भारतको सीमा खुला रहनाले गैरकानुनी ओसारपसारको कामले तीव्रता पाइरहेको छ । अति संवेदनशील कुरा त के भने बालबालिकालाई तिनको इच्छाविपरीत जबर्जस्ती यौनजन्य काम गर्न लगाई नारकीय जीवन जिउन बाध्य पारिन्छ । यस्ता अबोध बालकहरूलाई कलिलै उमेरदेखि आपराधिक क्रियाकलापमा संलग्न गराएर प्रशिक्षित समूह तयार पारिन्छ । ती बालकबालिकाहरू ठूला भएर डाक्टर, इन्जिनियर वकिल र नेता बन्ने आकांक्षा सबै चकनाचुर भएर जाने गरेका छन् । बेचिएर जाने बालिकाहरूले पनि आफ्नो घरजम गरी परिबार बनाउने र शिक्षित भएर समाजमा स्थापित भएर ख्याति प्राप्त गर्ने सपना धुलिसात भई जीवन बर्बाद भएर रुनसम्म सकेका छैनन् ।
साउथ इष्ट एशियाका देशहरूमा मानव आोसारपसार (हृयुमन ट्र्याफिकिङ) गिरोहको जालो सामाजिक सञ्जालका माध्यमले झन सहयोग पु¥याइरहेकाले फस्टाइरहेको छ । यस्ता सञ्चार माध्यमले किशोरीहरू देशभित्रै पनि फसेर जिन्दगी बर्बाद गरिरहेका छन् भने ग्रामीण युवतीहरू आकर्षक पारिश्रमिक पाउने आशामा देशबाहिर ओसारिएर नारकीय जीवन भोग्ने गरेका छन् । यो भयाबह स्थिति हो । यसलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसले आहृवान गर्नुभए अनुसार राज्यहरूले आफ्नो आफ्नो राज्यभित्र वयस्क मानिस र बालबालिकाहरू बेचिनका लागि सीमापार गर्न नदिने कडा कानुन बनाउने र त्यसलाई अक्षरसः पालन गर्नेगराउने गर्नुपर्छ । सीमा सुरक्षामा तैनाथ प्रहरीबल चनाखो भई को कोसँग बाहिर जान लागेका छन् राम्ररी केरकार गरी तथ्य पत्ता लगाएर आपराधिक गतिबिधिमा भेटिएमा त्यस्तालाई कानुनी दायरामा ल्याइछाड्ने काम तदारुकताका साथ गर्ने गराउने गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच