काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा मन्त्रालयका सचिवहरुसँग छलफल गर्नुभएको छ ।
गत आइतबार प्रधानमन्त्री ओलीले लामो समयसम्म सचिवहरुको ब्रिफिङ सुन्नुभएको थियो ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीले नेतृत्व लिनुपरेको बताउनु भयो ।
राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको उहाँको भनाइ थियो । यो सरकारको काँधमा असाधारण जिम्मेवारी रहेको र यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन नदिने उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन। भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ।’
सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी हुनुहुन्थ्यो ।
चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।
प्रधानमन्त्री ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनु भयो ।
यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले आफूले सहमतिबमोजिम दुई वर्ष पुग्नु एकदिन अघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुने बताउनुभयो ।
‘मान्छेहरुले हल्ला फिँजाउन सक्छन् । यो सरकार पनि कतिदिन हो र भनेर । छटपटाएका मान्छेहरुले अनेक खालका कुराहरु गर्नसक्छन् । भ्रम छर्नसक्छन् । यो सरकार पनि कतिदिन हो र भन्न सक्छन् । तर, ढुक्का हुनुहोस् मेरो नेतृत्वको सरकार २ वर्ष चल्छ । त्यसपछि हाम्रै समर्थनमा शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुनेछ । २ वर्ष पुग्गुभन्दा एक दिनअघिनै मैले राजीनामा दिन्छु । यस्मा ढुक्क भए हुन्छ । सरकार कहिँ कतैबाट अप्ठ्यारोमा परेको छैन’ ओलीले भन्नुभयाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच