वालिङ । भदौ १ गतेदेखि गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता (जिपिएल) हुने भएको छ । गल्याङ क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले एक लाख र दोस्रो हुनेले ५० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
गल्याङ १ मालुुंगा खेल मैदान, गल्याङ ११ दिमिक क्रिकेट मैदान र पाल्पाको रम्भा गाउँपालिका १ असेर्दीलाई खेल मैदान छनोट गरिएको संस्थाका सचिव अमृत खनालले बताउनुभयो । जिल्लामा नै ठूलो धनराशि रहेको प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने संघका अध्यक्ष ठगेन्द्र थापाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच