काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गीतमा डा.बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत छ ।
बुढेसकालमा एक्लो जीवन जिउन बाध्य ब्यक्तिको कथा भनिएको गीतको भिडियोमा बरिष्ठ नायक शिव श्रेष्ठको अभिनय छ ।
सुरज तामाङको निर्देशन रहेको भिडियोमा श्रेष्ठसँगै नायिका अनु शाह र बालकलाकार देवासिस निरौलाको अभिनय, विशाल थापाको छायांकन र ज्वाला राईको सम्पादन छ । गीतको अडियो तथा भिडियोलाई गीतकार डा.अर्यालले उत्पादन गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच