काठमाडौं । नेपाली संगीत उद्योगकी एक अद्वितीय र ऊर्जा-सम्पन्न व्यक्तित्व जानकी थापामगरको नाम नेपाली संगीतप्रेमीहरूको मनमा गहिरो छाप परेको छ । उहाँको योगदान नेपाली संगीत उद्योगमा अन्य कुनैको तुलनामा विशिष्ट र प्रशंसनीय छ । चलचित्र तथा म्युजिक भिडियोहरूको पर्दामा चम्कने कलाकार र प्रतिभाशाली व्यक्तिहरूलाई मार्गदर्शन र प्रेरणा दिने अभिभावकको रूपमा उहाँको भूमिका अत्यन्त महत्वपूर्ण छ ।
जानकी थापामगरले आफ्नो जीवनयात्रामा आएका विविध चुनौतीलाई सधैं अवसरको रूपमा स्वीकार गरेर ती चुनौतीको सामना गर्नुभएको छ । उहाँको यस दृढ मान्यता र सकारात्मक सोचले उहाँलाई निःस्वार्थ रूपमा आफ्नो उद्देश्यप्रति समर्पित हुन उत्प्रेरित गरेको छ । यसै कारणले उहाँले विभिन्न विधागत क्षेत्रमा अत्यन्त उच्च सफलता प्राप्त गर्दै अघि बढ्नुभएको छ ।
जानकीको योगदान नेपाली संगीत उद्योगमा मात्र सीमित छैन् । उहाँको योगदानले सम्पूर्ण नेपाली संगीतलाई एक नयाँ उचाइमा पुर्याएको छ । उहाँको जन्म विक्रम संवत् २०४३ वैशाख १७ मा रामेछाप जिल्लाको हालको दोरम्बा शैलुब गाउँपालिका-३ टोकरपुरमा, निरबहादुर थापामगर र पुष्पा थापामगरको चार छोरी र दुई छोरामध्ये दोस्रो सन्तानको रूपमा भएको थियो । जानकीको बाल्यकाल अन्य साथीसंगीको तुलनामा विशिष्ट र पृथक रूपमा बित्यो ।
मिलनसार स्वभावकी जानकीलाई सानै उमेरमा, करिब चार-पाँच वर्षको उमेरमा, घरनजिकैको श्रीकष्ठेश्वर माध्यमिक विद्यालयमा भर्ना गरियो । यस विद्यालयबाट उहाँले २०५९ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँले रामेछापकै श्रीकृष्ण वर्णेश्वर उच्च माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभयो । यसपछि उहाँ उच्च शिक्षा र संगीतको अध्ययनका लागि काठमाडौं प्रवेश गर्नुभयो ।
उहाँले काठमाडौंमा प्रवेश गरेपछि संगीत निर्माणको क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभयो । २०७० बाट उहाँ पूर्णरूपमा संगीत निर्माण क्षेत्रमा समर्पित हुनुभयो । उहाँले आफ्नो करियरको दौरान विभिन्न कम्पनीका सिडी, भिसिडी आदिको विक्री–वितरण र निर्माणमा लगानी गर्न थाल्नुभयो । उहाँको निरन्तर परिश्रम र समर्पणको फलस्वरूप जानकी थापामगर आज एक सफल संगीत उद्यमीको रूपमा प्रतिष्ठित हुनुभएको छ । केही समयअघि सम्म श्रोता-दर्शकले संगीत उद्यमीको भूमिकालाई कम आक्ने गर्थे । तर, अहिले आएर जानकीजस्ता पर्दापछाडिका नायक-नायिकाहरूको महत्वपूर्ण भूमिका उजागर हुँदै गएको छ ।
उहाँको नेतृत्वमा निर्मित ‘गाउँमै दशैँ-तिहार’, ‘बगी जाने खोला’, ‘तिमीले चाहेको अरू नै रैछ’ जस्ता गीतहरू अत्यन्त चर्चित र सफल भएका छन् । जानकी थापामगरको योगदानलाई विभिन्न राष्ट्रिय संघसंस्थाहरूले उच्च सम्मान, अभिनन्दन, पुरस्कार र अवार्ड प्रदान गरेर प्रशंसा गरेका छन् । उहाँको यस योगदानलाई नेपाली संगीतको इतिहासमा सधैं स्मरणीय र प्रेरणादायी मानिनेछ । जानकी थापा मगरको यात्रा र योगदानले नेपाली संगीत उद्योगमा नयाँ मानक स्थापित गरेको छ र यो यात्रा निरन्तर प्रगति र सफलताको बाटोमा अग्रसर रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच