✍️ हरि उप्रेती
हरितालिका तीज हिन्दु नारीहरूको एउटा महत्वपूर्ण चाड हो । विशेषतः नेपाली हिन्दु महिलाहरूले यस पर्वलाई आस्थाका साथ मनाउने गर्दछन । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । भाद्र द्वितीयाका दिन दर खाने र अर्को दिन तीजको व्रत बस्ने प्रचलन छ । भाद्र चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दत्तिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग (दतिवन) लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरून्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी खाने प्रचलन रहेको छ । तीज पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । हिमालय पुत्री पार्वतीले आफ्ना पति आराध्य देव शिवको सुस्वास्थ्य र दीर्घायुको कामना गरी व्रत बसेको त्यो पावन दिनलाई नै हरितालिका तीजको रूपमा मनाउने प्रचलन रहेको छ ।
उसले जे कुरा लेख्यो र समाजलाई पस्कियो, त्यो नै सर्व स्वीकार्य रूपमा पाठक, श्रोता र दर्शक माझ पुग्दछ । तिनै शब्दबाट सन्देश प्रवाह हुन्छ र सोही अनुरूप समाज अघि बढ्दछ । त्यसैले कुनै पनि संस्कृति र पर्वको मर्म, तात्पर्य बुझेको छैन भने एउटा लेखकले त्यस विषयमा कलम नचलाएकै राम्रो हुन्छ ।
सामाजिक सद्भाव र परम्परागत दृष्टिकोणबाट हेर्ने हो भने यो पर्व महिलाहरूको आस्थाको पर्व मानिन्छ र यो आफैमा वैज्ञानिक छ । आफ्नो जन्म घर छोडेर गृहस्थ जीवनका लागि परपुरुषसँग विवाह गरी टाढा गएका छोरी चेलीहरूका लागि पारिवारिक एकताको पर्वका रूपमा हेरिन्छ । वर्ष दिनसम्म आफ्नो परिस्थितिले र काम विशेषले माइतीसँग भेट हुन नसक्ने र यही पर्वका माध्यमले आफ्नो माइतीघर आउने अवसर प्रदान गर्दछ । दिदी बहिनीहरू एकै ठाउँमा जम्मा भएर वर्ष दिनको थकान मेटाउन मिठो खाने र रमाइला भाकाहरूमा कम्मर मर्काउने गर्दछन । आस्था, सद्भाव र परम्परागत गीत गाउदै विशेष ऋषिहरूको पूजा आराधना गरी तीज पर्व मनाउने गरिन्छ । यो त रहृयो तीज पर्वको संक्षिप्त परिचय ।
अब एकैछिन् यहाँहरूलाई यही आस्थाको पर्वसँग विस्तारै मौलाउँदै आएका विकृति र त्यससम्बन्धी रहेका गीत संगीततर्फ डो¥याउन चहान्छु । यसो भन्दै गर्दा कुनै पनि सर्जकहरूप्रति पूर्वाग्रह नरहेको पनि प्रष्ट पार्न चहान्छु । समय र युगको माग र परिवर्तनसँग सबैले हिँड्न सिक्नु कुनै अभिशाप भने पटक्कै होइन तर परिवर्तनको नाममा सांस्कृतिक र आस्थाका धरोहर मानिने पर्वहरूमा विकृति भिœयाउन तल्लिन हुनु सोह्रै आना गलत हो । यो त केवल आफ्नो घुँडामा आफैं बञ्चरो हान्नु हो । गीतसंगीत हाम्रो वैदिक शास्त्र सामवेदबाट आएको हो र उक्त दर्शनले निर्दिष्ट गरेको मार्ग भुलेर गलत गोरेटो रोज्नु गीतसंगीतको बलात्कार गर्नु नै हो ।
म यहाँ केही त्यस्ता शब्द सिर्जनाहरूको दृष्टान्त दिन चहान्छु जुन शब्दहरू तीज गीतसँग सम्बन्धित छन् । ‘पोईला जान पाउ शिव’, ‘बुढो विदेश छ भनेर टोलमा फुई लाउछे, तर पनि किन त्यसका बाजे तीन महिने सुई लाउछे’, ‘मायाको पोको चोखो छ चोखो, बिहे अघि दिन्न बरी लै’ आदि । यस्ता शब्दहरूको आशय के हुनसक्छ ? यस्ता शब्दले प्रवाह गर्ने सन्देश के हुन सक्छ ? के यी शब्दले आस्था र सद्भावको ऊर्जालाई जागृत गर्न सक्ला ? यस्ता कयौ प्रश्न अनुत्तरित हुने कुरा निश्चित छन् । कुनै पनि संस्कृति चाडपर्वको विशेषतालाई बुझेर एउटा लेखकले कलम चलाउनु भाषा साहित्यको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउनु नै हो यद्यपि गलत सन्देश प्रवाह गर्ने शब्दमाला उनिनु संस्कृतिमाथि विकृतिको विजारोपण गर्नु हो । लेखक समाजको एक सच्चा दर्पण हो । उसले जे कुरा लेख्यो र समाजलाई पस्कियो, त्यो नै सर्व स्वीकार्य रूपमा पाठक, श्रोता र दर्शक माझ पुग्दछ । तिनै शब्दबाट सन्देश प्रवाह हुन्छ र सोहीअनुरूप समाज अघि बढ्दछ । त्यसैले कुनै पनि संस्कृति र पर्वको मर्म र तात्पर्य बुझेको छैन भने एउटा लेखकले त्यस विषयमा कलम नचलाएकै राम्रो हुन्छ अथवा गम्भीरतापूर्वक कलम चलाउनु उपयुक्त हुन्छ ।
अब एकैछिन गीत निर्माणपछि आउने श्रव्य दृष्यको पाटोलाई हेरौ । गीत वास्तवमा सुन्ने हो तर परिवर्तीत समय र दर्शकको चाहनालाई भने नकार्न सकिन्न । दर्शकको चाहनालाई पूरा गर्न वर्षौदेखि गीतको श्रव्य दृष्य निर्माण गर्ने प्रचलन छ । श्रव्य दृष्य निर्माण गर्नु अर्को संवेदनशील पाटो मानिन्छ । संसारभरका मानिसहरू मनोरञ्जन रूचाउछन । हरेक व्यक्तिले आफ्नो संस्कृति पर्व मनाउने क्रममा परिवारसँग रमाउन र मनोरञ्जन लिन चहान्छन । उनीहरूको मनोविज्ञानलाई बुझेर श्रव्य दृष्य निर्माण गर्नु एउटा कुशल श्रव्य दृष्य निर्देशकको कला हो । यस्ता कलात्मक सिर्जनाले सामाजिक र पारिवारिक सद्भावको बिकासमा महत्वपूर्ण योगदान पुग्दछ ।
श्रव्य दृष्यलाई कमाउने भाँडोको रूपमा विकास गर्नु, त्यसभित्र अभिनय गर्ने पात्रहरूले अश्लीलता प्रदर्शन गरेर आफू बिक्नुले परम्परागत सद्भाव र आस्थाको विकासमा शून्य योगदान रहनेछ । पर्वलाई व्यापारको संज्ञा दिएर अघि बढ्ने हो भने हाम्रो सनातन पद्धति र दर्शन नै जोखिम आवस्थामा पुग्ने निश्चित छ । पर्वका नाममा निक्लिएका गीत संगीतमा छाडापनको विकास हुनु, श्रव्य दृष्य निर्माणमा अश्लीलताको प्रदर्शनी हुनुले मानव चेतनाको पतन हुँदै गएको देखिन्छ भने आफू नागिंनुको पराकाष्ठा नै देखिन्छ । तसर्थ सबै पक्षसँग जोडिने सर्जकहरूले आफूलाई समाजको दर्पण हुँ भन्ने समय मै महसुस गर्न नसके तिनै चाडपर्वका नाममा भित्र्याएका विकृतिहरू आफ्नै गलाको पासो बन्ने निश्चित छ । जय नेपाली संस्कृति !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच