भोजपुर । अविरल बर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरहरुलाई बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी युवराज तिम्सिनाका अनुसार मंगलवार राती डेढ बजे तिरको समयमा आएको बाढीले हाइड्रो निर्माणमा खटिएका दुई जना कामदार हराएका हुन । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका वडा नम्वर ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेका छन् ।
बाढीमा परेका २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रो पावरमा कार्यरत कामदारहरु सुति रहेको अवस्थामा बगाएको थियो । हराई रहेकाहरुको अहिले खोजी कार्य जारी रााखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिम पर्ने घटना स्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाश कुमार अधिकारीको कमाण्डमा ४ जनाको टोली गएको छ भने सशस्त्र प्रहरीको अस्थाई बेश क्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा ७ जनाको टोली खोजीको लागि खटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच