काठमाडौंमा बाढी : ३६ जनाको उद्धार

हिमालय टाइम्स
teku-badi- 3
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारी वर्षासँगै काठमाडौंका नदी-खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका-८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न ४ बजेसम्म खुल्ने सम्भावना खेतमा बेसार, किसानलाई बजारको चिन्ता मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने ट्रम्पको घोषणा, जेलेन्स्कीको आपत्ति काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने