काठमाडौं। नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (जेलर) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि शाखा अधिकृत दर्जाका कर्णविरुद्ध अभियोग पत्र दायर गरेको हो।
१ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका कर्णविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।
आयोगका अनुसार कर्णले कारागारमा चौकीदार रहेका व्यक्तिलाई उक्त जिम्मेवारीबाट हटाइदिने र कैद माफी मिनाहाका लागि पनि सिफारिस नगर्ने धम्की दिएर टिभी र जुत्ता खरिद गर्न लगाएको र एक लाख ५० हजार रुपैयाँ नगदै लिएको आरोप छ।
उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच