गरिव तथा बेरोजगार युवा लक्षित सिलाइ-कटाइ तालिम

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । मुगुस्थित आइएनफ नामक गैरसरकारी संस्थाले युवाहरुलाई सिलाइ-कटाइ तालिम दिएको छ ।

सोरु गाउँपालिका वडा न १ देखि ५ सम्मका वेरोजगार, विपन्न परिवारका १० जना युवालाई ३ महिने सिलाइ-कटाइ तालिम दिइएको हो ।

जिल्ला सदरमुकाम गमगढीमा दिइएको उक्त तालिमको मङ्गलबार एक औपचारिक कार्यक्रम गरेर समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै सोरु गाउँपालिका २ नाथर्पु गाउँका तालिममा सहभागी विविसिंह नेपालीले आफुहरु जस्ता युवाले व्यवसाय उन्मुख सीप सिक्न नपाउँदा बेरोजगार बस्नु परेको बेला सिलाइकटाइ तालिम पाएकोमा खुशी व्यक्त गर्नुभयो । संस्थाले मेसिन औजार पनि दिएको र अब गाउँमै यो व्यवसाय गरेर उद्यमी बन्ने योजना रहेको उहाँले सुनाउनु भयो ।

अर्का सहभागी जौमती धामी आफ्नो गाउँमा सिलाइकटाइ गर्ने मानिस नहुँदा कपडा सिलाउन १ दिन हिडेर जिल्ला सदरमुकाम गमगढी जानूपर्ने बाध्यताको अत्य भएको बताउनु भयो ।

आइएनएफ मुगुका कार्यक्रम संयोजन जुवारी कार्कीले आइएनफ मुगुले दिएका तालिमको सक्सेस रेड ४०% भन्दा बढी देखिएको बताउनु भयाे ।

उहाँले  युवाका लागि आर्थिक सशक्तीकरण परियोजना अन्तरगत युवाहरुलाई लक्षित गरी सिलाइ कटाइ तालिम गरिएको र गाउँपालिका, आइएनएफ मुगु र तालिममा सहभागी युवाबीच त्रिपक्षीय सम्झौता गरेर दीर्घकालसम्म व्यवसायी बनाउने लक्ष्यसहित तालिम शुरु गरिएको बताउनु भयो ।

उहाँले त्रिपक्षीय सम्झौता अनुसार तालिममा सहभागिहरुले व्यवसाय शुरु नगरे तालिम लिँदा लागेको खर्चदेखि अनुदानमा दिइएका सिलाइ कटाइका मेसिन औजारसमेत फिर्ता गर्ने नियम रहेको बताउनु भयो ।

आइएफ मुगुले तालिम लिएकाहरुको व्यवसाय दर्तादेखि, व्यवसायबाट आम्दानी नआउन्जेल लाग्ने सबै खर्च अनुदान कै रुपमा बेहोरीदिने पनि उहाँले बताउनु भयो ।

विभिन्न उमेर समुहका युवालाई लक्षित गरी आइएनएफ नेपालले युवारुलाइ सीप विकासका , फुलफूल खेती, उच्चमुल्य व्यापार, खुद्रा पसललगायत व्यवसाय गर्न तालिम तथा अनुदान दिन ३ वर्षे कार्यक्रम मुगु जिल्लाको सोरु गाउँपालिका वडा न १–३ मा संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *