नवलपरासी । बर्दघाट नगरपालिकाले निर्माणाधिन बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत नगरक्षेत्रमा पर्ने सडकको निरीक्षण गरेको छ ।
बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, वडा नम्बर ४ का वडा अध्यक्ष बेदबिना तिवारी, २ का अध्यक्ष गणेश बहादुर क्षेत्री, ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, १० का अध्यक्ष राजु मिश्र र ११ का अध्यक्ष फणीन्द्र चौधरीसहित नगरका प्राविधिक एवम् सडक निर्माण आयोजनाका प्रमुख सहितको टोलिद्वारा सडकको निरीक्षण गरिएको हो ।
मुलतः सडक निर्माणका चरणमा निम्तिएका विभिन्न समस्याग्रस्त स्थानहरुको निरीक्षण गरिएको हो । सडक निर्माणका क्रममा पानीको निकास,कुलोहरुको अवस्था, बस्ती तथा खेतियोग्य जमिनमा परेको असरका बारेमा स्थलगत रुपमा जानकारी लिईएको थियो । नगरका जनप्रतिनिधिहरु र स्थानियको गुनासो पछि सम्बन्धित निकाय सहित स्थलगत रुपमै अनुगमन गरिएको हो ।
पुर्व पश्चिम राजमार्ग भित्र पर्ने बुटवल नारायणगढ सडक खण्डको बर्दघाट नगर भित्र सडकको भौतिक प्रगती बुझिएको बर्दघाट नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । 'सडक खण्डको बर्दघाट नगर भित्र आयोजाना प्रमुख, कन्सलटेन्ट सहितको निरीक्षणबाट समस्या भएका स्थानहरुको तत्काल केहि समस्य समाधान गर्ने उदेश्यले अनुगमन गरिएको हो ।' उपाध्यायले भन्नुभयो ।
अनुगमनका क्रममा बर्दघाट ०४ मा रहेको टिसिएन चोक नजिकै बनेको पुलको मुनि सरसफाई गर्ने, चिसापानीमा पानीको निकासलाई सहज बनाउने, बर्दघाटको १० को लण्डनब्रीजको पुल र मौराहामा बनेको कल्भट लगायतका स्थानहरुको स्थलगत निरीक्षक गरिएको छ। अनुगमनमा आयोजनाका पश्चिम् खण्डका प्रमुख शसाङ्क मिश्र, कन्सलटेण्ट शशी श्रेष्ठ, दाउन्ने बुटवल सडक खण्डको कन्ट्रक्सन डिपुटी म्यानेजर योगेश श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
बर्षायाम सँगै बर्दघाट बजार क्षेत्रको सडक खाल्डाखुल्डी र हिलाम्य बन्दा यात्रा निकै सकसपुर्ण बनेको छ । आर्थिकमन्दिको अवस्थामा सडककै कारण ब्यवसायमा ह्रास आएको ब्यवसायिहरुको गुनासो छ । बुटवल नारायणगढ सडक खण्डको सोमबार १ बर्षका लागि तेस्रो पटक म्याद थप भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच