कोलम्बो । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ । निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २ रनमात्र बनाउन सक्यो । जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई सहजै जित दिलाउनुभयो ।
त्यसअघि भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
योसँगै भारतले टी-२० सिरिज ३-० ले क्लिन स्विप गरेको छ । यसअघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो । श्रीलंका टुरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच