काठमाडौं । नेपालका प्रेमबहादुर लिम्बूले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा प्रेमले व्यक्तिगत पुम्सेतर्फ रजत पदक जित्नुभएको हो ।
प्रशिक्षक जगन अधिकारीका अनुसार प्रेम फाइनलमा मेक्सिकन खेलाडी योन सियोकसँग ७.८९- ८.९९ को झिनो अंकले पराजित हुनुभयो ।
५५ राष्ट्रका चार हजार ५०० खेलाडी सहभागी प्रतियोगिता २६ देखि ३० जुलाई(आज) सम्म भएको थियो । प्रेमले यही वर्ष दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगितामा पनि रजत पदक जित्नुभएको थियो । दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेम अगष्ट ३ मा नेपाल फर्किनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच