काठमाडौं । देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही सोही अवधिसम्म ७८.१ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष मौसम अनुकूलताका कारण रोपाइँ बढी भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१.६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । साउन १३ गतेसम्मको तथ्यांकअनुसार कोशी प्रदेशमा ९०.७ प्रतिशत अर्थात् दुई लाख ५० हजार ६ सय २४.७७ हेक्टरमा रोपाइँ भएको छ । कोशीमा दुई लाख ७६ हजार ३ सय ८६.७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ । कोशीमा गत वर्ष ८३.३ प्रतिशतमात्रै रोपाइँ भएको थियो ।
त्यसैगरी मधेश प्रदेशमा गत वर्ष ५८.८ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा गत वर्ष ८०.१ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९०.८ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ८२. ३ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१.९ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८०.९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९१.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.६ प्रतिशत रोपाइँ भएको छ भने सुदूरपश्चिममा गत वर्ष ९९. २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असारसम्ममा ६८.६ प्रतिशतमा रोपाइँ भएको थियो ।
मन्त्रालयका अनुसार देशभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ । झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँका लागि आकाशे पानी नै कुर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठसम्म ८८ करोड ६५ लाख मूल्य बराबरको धान बिउ आयात भएको छ भने करिब ११ अर्ब ५५ करोडको धान आयात भएको छ । त्यसैगरी सो अवधिमा आठ अर्ब ६९ करोडको चामल र नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच