नवलपरासी । पश्चिम् नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । नयाँ आर्थिक बर्ष सुरु भए यता जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यलयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन वटा स्थानिय तहमा उक्त संख्याका बिरामी फेला परेको पन्थीले बताउनु भयो । जसमध्ये सबै भन्दा धेरै डेङ्गु संक्रमितको संख्या बर्दघाट नगरपालिकामा देखिएको छ । यहाँ ४७ जना, रामग्राम नगरपालिकामा २१ जना पाल्हीनन्दन गाउँपालिकामा ३ जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य चार पालिकमामा बिरामी फेला नपरेको कार्यालयले जनाएको छ ।
डेङ्गु संक्रमण लामखुट्टे बाट सर्ने हुँदा सरसफाईमा ध्यान दिन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षमा जिल्लामा ३ सय १५ जनामा डेङ्गु फेला परेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच