नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदुतको टिप्पणी सह्य छैन : सभापति यादव

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 6 mins

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशुलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदुत छन सोङले दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउनुभएको छ ।

उहाँले भारतबाट हराएका बस र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदुतले दिनुभएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताउनुभएको हो । उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? भन्ने मात्रै अधिकार राजदुतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताउनु भयो । उहाँले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताउनु भयो । सभापति यादवले राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको उल्लेख गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताउनु भयो । उहाँले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदुतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताउनु भयो । मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो । त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरु र सँगैसँगै दुई वटा बस हराइरहेको छ । त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ । सँगै नेपालले आफ्ना मित्र राष्ट्र अरुसँग पनि सहयोग मागेको स्थिति छ । त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदुतले त्यसरी टिप्पणी गरेको छ । त्यो दुर्भाग्यपूर्ण हो । यसलाई उहाँले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ ? वा चिनियाँ स्वार्थ छ, त्यसलाई नेपालमा कसरी लागू गराउन सकिन्छ भन्ने प्रमुख कार्य हो । तर उहाँले नेपालको आन्तरिक मामिलामा र त्यसमा पनि अहिले सामाजिक सञ्जालमा टिप्पणी गरेको छ, त्यसमा सम्मानित सदनमा यो कुरा उठेको छ, यो त दुई देशको सम्बन्धका लागि पनि राम्रो होइन । एउटा राजदुतले आफ्नो पदीय मर्यादा भन्दा बाहिर गएर आचरण गरेको देखिन्छ । यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा के गर्दैछ, आगामी बैठकमा हामीले त्यो सम्बन्धी परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने नै छौँ । तथापि अहिले एउटा जनप्रतिनिधिको नाताले र समितिको नेतृत्व कर्ताको नाताले पनि नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदुतहरुले यसरी टिकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन । यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रुपमा बुझेका छौँ । यसले दुई देशको सम्बन्धलाई राम्रो गर्दैन भनेर हेक्का राख्दा नै राम्रो हुन्छ । हामीले कुनैपनि देशको राजदुतलाई हाम्रो आन्तरिक मामिलामा टिकाटिप्पणी गर्ने, निर्देशन दिनेकुरा सह्य हुँदैन । यो भयो भने अरु देशका राजदुतले यसो गर् । उसो गर् भनिरहन्छ । त्यसैले हामीले परराष्ट्र मन्त्रालयलाई के कारणले यस्ता टिका टिप्पणी भइरहेको छ, यसलाई तत्काल रोकथाम गर्न मन्त्रालयले के पहल गरेको छ, त्यो जानकारी लिइसकेपछि मन्त्रालयलाई दिने निर्देशन र प्रभावकारी कदमका लागि काम हुनेछ ।’
राजदुत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको थियो । सो विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन् । राजदुतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने रास्वपा नेतृत्वको सरकारको उडानलाई गन्तव्यमा पुर्‍याएरै छाड्छौँ : रवि लामिछाने बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु यूसीएमएसमा १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान सेवा, भेन्टिलेटरसहित एम्बुलेन्स पनि सञ्चालनमा ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ ‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्छ’ स्थानीयस्तरमै रक्तसञ्चार सेवा, एक वर्षमा ७१८ बिरामी लाभान्वित उच्च शिक्षा सुधारका लागि पारदर्शी र परिणाममुखी प्रणालीमा जोड भोजपुरको साल्पासिलिछोमा वडाध्यक्ष १२३ जना श्रमसंस्कृतिमा प्रवेश मोहन बस्नेतको स्वीकारोक्ति : ‘अन्तर्घात होइन, खुल्लै घात गरेको हुँ, जे गर्छाैँ…