
काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला (काठमाडौं भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदा दिएको हो ।
यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ ।
मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्याइएको छ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर हिजाे जावलाखेल पु-याइएको हाे ।
जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पु-याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ ।
जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच