ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ साउन १९ गते शनिबार, ई.स. २०२४ अगस्ट ३, तिथि– श्रावण कृष्णपक्ष चतुर्दशी, नक्षत्र– पुनर्वशु, १२ः४९ बजेपछि तिष्य, वज्र– योग, शुकनि– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– ५ः२९, सूर्यास्त– १८ः५० ।
मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : पूरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच