भूमिकला पौडेल
सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगञ्ज निवासी रचना साह अहिले १४ वर्षकी हुनुभयो । तर, उहाँ विद्यालय जान पाउनुभएको छैन । उहाँमा भएको बहुअपांगताको कारणले गर्दा उहाँ विद्यालय जानमात्र नभई घर वरपरसमेत हिँड्डुल गर्न सक्नुहुन्न । उहाँमा सेरेबल पाल्सी देखिएको छ । जसका कारणबाट उहाँको दाहिने खुट्टामा समस्या हुनुका साथै उहाँका दुवै हातमा कार्यगत सीमितता आएको छ । यसैगरी उहाँमा बोलाइ र सुनाइमा समेत कठिनाइ देखिएको छ ।
जन्मेको ६ महिनासम्म रचना स्वस्थ अवस्थामा हुनुहुन्थ्यो । त्यसपछि निमोनिया भएपछि उहाँको शरीर विस्तारै सुक्न थाल्यो । त्यो देखेर उहाँको परिवार उहाँको शरीरमा कसरी पोषण लाग्छ भन्ने विषयमा केन्द्रित भयो । तर, जब उहाँ एक वर्ष कटिसकेपछि पनि हिँड्न सक्नुभएन तब भने बल्ल उहाँहरूलाई रचनाले खुट्टा टेक्न सक्दिनन् भन्ने थाहा भयो । उहाँहरूलाई उहाँको एउटा खुट्टा प्यारालाइसिस भएको जस्तो देखिएको छ भनेर बल्ल महसुस भयो ।
रचनामा उमेर बढेसँगै शारीरिक विकास हुनुको साटो उहाँको शरीर झन्झन् सुक्दै गयो । उहाँका हात र खुट्टा चल्नै छोडे । यसैगरी उहाँमा बोल्न र सुन्नमा समेत कठिनाइ देखियो । बुबा देवेन्द्र साहका अनुसार रचनाको अवस्था अत्यन्तै दुःखद थियो । उहाँ एक कोल्टोमात्र सुतिरहनुहुन्थ्यो, अर्को कोल्टे फेर्न सक्नुहुन्थेन । उहाँका हातखुट्टा केही सुन्निएको जस्तो र उहाँमा केही पनि चेतना नभएको अर्धमृतजस्तो अवस्था रहेको थियो । अरूले बोलेको तथा चलाएको केही पनि थाहा नपाउने अवस्थामा हुनुहुन्थ्यो ।
रचनामा भएको यस बहुअपांगता स्विकार गर्न उहाँका बाबु देवेन्द्रलाई धेरै समय लाग्यो । सरकारले अपांगता परिचयपत्रको व्यवस्था गरेको छ भन्ने थाहा पाएर पनि उहाँले रचना करिब पाँच वर्षकी हुँदासम्म पनि अपांगता परिचयपत्रका लागि कुनै पहल गर्न नै चाहनुभएन । देवेन्द्र घर नजिकै रहेको एक विद्यालयमा विद्यालय सहयोगीका रूपमा काम गर्नुहुन्छ भने बिहान बेलुका घरमा नै ट्युसन पढाउने काम गर्नुहुन्छ । देवेन्द्रलाई आफ्नी छोरीलाई अपांगताको सूचीमा राख्नै मन लागेन । उहाँ भन्नुहुन्छ ‘मेरी छोरीमा अपांगता हुनै सक्दैन र यो केही समयपछि निको हुन्छ भन्ने लाग्थ्यो मलाई ।’
रचना ११ वर्षकी हुँदा उहाँको परिवार ‘समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना’ परियोजनासँग जोडियो । त्यसपछि उहाँका बुबा देवेन्द्र समय–समयमा परियोजनाबाट दिइने विभिन्न तालिमहरूमा सहभागी हुनुभयो । यसैगरी रचनाका लागि आवश्यक पर्ने सहायक सामग्रीहरू पनि परियोजनाले प्रदान ग¥यो । तालिममा सहभागी भएपछि सोही तालिममा सिकाए अनुरूप र परियोजनाले उपलब्ध गराएका सहायक सामग्रीहरूको प्रयोग गर्दै जाँदा रचनाको अवस्थामा क्रमशः सुधार आएको देवेन्द्र बताउनुहुन्छ ।
रचना अहिले आफैं कोल्टे फेर्न सक्ने र बसाएपछि एकै ठाउँमा बिना कुनै समस्या र बिना सहारा आधादेखि एक घण्टासम्म बस्न सक्नुहुन्छ । यसैगरी अभिभावकहरूले बोलेका वा भनेका कुराहरूमा अलिअलि प्रतिक्रिया गर्न सक्ने हुनुभएको छ । यसैगरी आफूलाई अप्ठ्यारो भएका कुराहरूलाई उहाँ कुनै संकेत गरेर व्यक्त गर्न सक्नुहुन्छ भने, खुसी हुँदा मज्जाले हाँस्नुहुन्छ । कुनै बेला उहाँको आमाले रिसाए जस्तो वा अलि कडा आवाजमा बोलेको अवस्थामा अनुहार बिगारेर दुःखको भावसमेत प्रकट गर्नुहुन्छ ।
परियोजनाले प्रारम्भिक पहिचान प्रक्रियाका माध्यमबाट रचनामा बहुअपांगता भएको पहिचान ग¥यो । त्यसपछि परियोजनाबाटै सञ्चालित चिकित्सा शिविरमा उहाँको अवस्थामा सुधार ल्याउनका लागि विशेष कुर्सी (सिपि चेयर) प्रयोग गर्न सिफारिस गरियो । सोहीअनुसार उहाँलाई परियोजनाले विशेष कुर्सी उपलब्ध गरायो र यही कुर्सीमा बसाउने अभ्यास गराइयो । परिणाम स्वरूप करिब ६ महिनाभित्रमा उहाँ दैनिक दुई घण्टादेखि तीन घण्टासम्म विशेष कुर्सीमा बस्न सक्ने हुनुभयो । यसपछि अर्को पटक सञ्चालित शिविरबाट उहाँको अवस्थामा अझ सुधार ल्याउनका लागि आवश्यक पर्ने स्ट्याण्डिङ फ्रेम, हिृवलचेयर, एएफओलगायतका सहायक सामग्रीहरू प्रदान गरियो । यी सहायक सामग्रीहरूले रचनाको गमनशीलता तथा कार्यगत सीमिततामा सुधार गरी उहाँलाई विस्तारै शारीरिक गतिविधिहरू बढाउनमा मद्दत गरिरहेको छ ।
देवेन्द्रले परियोजनाबाट रचनाका लागि सहायक सामग्रीहरू प्राप्त गरिसकेपछि सो सहायक सामग्रीहरूको उचित प्रयोग तथा अभ्यास गराउनमा अत्यन्तै मिहिनेत गर्नुभयो । जसबाट रचनामा अत्यन्तै सकारात्मक परिवर्तन देखिएको छ । उहाँ भन्नुहुन्छ्, ‘परियोजनाले मलाई दिएको तालिमको अधिकतम उपयोग तथा उपलब्ध गराएका सहायक सामग्रीहरूको उचित प्रयोग तथा अभ्यासको परिणाम नै रचना अहिलेको अवस्थासम्म आइपुग्न भएकी हुन् । उनको अवस्थामा अत्यन्तै छिटो सुधार आएको छ । उनलाई यसरी नै अभ्यास गराउँदै जाँदा छिट्टै नै उनी हिँड्न सक्छिन् भन्ने मलाई विश्वास छ र यसका लागि म सक्दो प्रयास गरिरहेको छु ।’
रचनामा धेरै शारीरिक कठिनाइ भए तापनि उहाँले आफू सुरक्षित भए नभएको, आफूलाई खुसी लागेको तथा मन नपरेको कुरा उहाँले शारीरीक हाउभाउ तथा संकेतले व्यक्त गर्नुहुन्छ । अरूले ठूलो स्वरले कराएको वा हप्काएको अथवा होच्याउने गरी बोलेको रचनालाई पटक्कै मन पर्दैन । यस्तो अवस्थामा उहाँ आवाज ननिकाली सँुक्कसँुक्क गरेर रूने गर्नुहुन्छ । यसैगरी उहाँलाई प्यारो गरेको अवस्थामा खुसी भएर मज्जाले हाँस्ने गर्नुहुन्छ । रचना आवाज निस्कने खेलौनाहरूबाट विभिन्न आवाज आउँदा अत्यन्तै खुसी हुनुहुन्छ । कुनै वस्तुहरू भुइँमा खसेर आएको आवाजले पनि उहाँलाई त्यत्तिकै आकर्षित गर्छ । घरमा मान्छेहरू आवतजावत गरेको रचनालाई सा¥है रमाइलो लाग्छ । कुनै व्यक्ति घरमा आएको छ भने उहाँले उतिबेलै थाहा पाइहाल्नुहुन्छ र सो व्यक्ति कोठाभित्र प्रवेश गर्नेबित्तिकै मज्जाले हाँस्नुहुन्छ ।
पाँचजनाको संख्या भएको परिवारमा जन्मिनुभएकी रचनाका दुईवटा दाजुहरू छन् र उहाँ परिवारकी कान्छी छोरी हुनुहुन्छ । रचनालाई उहाँको परिवारका सबैले धेरै नै माया गर्ने र हेरचाह गर्ने गरेका छन् । उहाँका छरछिमेकीहरूले पनि उहाँलाई राम्रो व्यवहार गर्ने गरेका छन् । तर, बाहिरबाट उहाँको घरमा कहिलेकाही आउने कुनैकुनै आफन्तजनले ‘यस्तो बच्चा मरिगएकै भए राम्रो हुन्थ्यो’ भन्ने सुन्दा भने उहाँको मन पटक्कै हुन्छ ।
सिकाइ परियोजनासँग जोडिएपछि सो परियोजनाबाट रचनालाई समय–समयमा आवश्यक सरसल्लाह दिन र परियोजनाले प्रदान गर्ने सेवाका लागि आउने सबै कर्मचारीहरूको व्यवहारबाट आफू अत्यन्त प्रभावित भएको देवेन्द्र बताउनुहुन्छ । जसमा पनि विशेष गरी घुम्ती शिक्षक पुनमले घरमा नै आएर पटक–पटक रचनाको विषयमा सोधखोज गर्ने र आवश्यक सरसल्लाह दिने गरेकोले उहाँ अत्यन्तै प्रभावित हुनुभएको छ ।
सिकाइ परियोजनाले सर्लाहीका चारवटा स्थानीय तह मातहतका विद्यालय तथा मदरसामा अध्ययनरतलगायत विद्यालयबाहिर रहेका सबै सीमान्तकृत तथा अपांगता भएका बालबालिकाहरूलाई शिक्षामा समावेशीकरण गर्नका लागि चारजना घुम्ती शिक्षकहरू परिचालन गरेको थियो । जसको मुख्य काम भनेको विद्यालय जान नसकेका अपांगता भएका बालबालिकाहरूलाई सिकाइको विश्वव्यापी ढाँचालाई अपनाएर परियोजनाले तयार गरेको शिक्षण सिकाइ सामग्रीका माध्यमबाट घरमा नै गएर पढ्न सिकाउनु हो । जसअनुसार पुनमले रचनालाई घरमै गएर सोही शिक्षण सिकाइ सामग्रीको प्रयोग गरी पढ्न सिकाउने काम गर्नुभएको थियो भने उहाँका परिवारलाई पनि अरू बेला रचनालाई अभ्यास गराउन सजिलो होस् भनेर तालिम दिनुभएको थियो ।
विद्यालय जान नसकेका अपांगता भएका बालबालिकाहरूले शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने परियोजनाको उद्देश्यको अनुरूप ती शिक्षण सिकाइ सामग्रीहरूका माध्यमबाट रचनाले घरमै बसेर सिक्ने अवसर प्राप्त गर्नुभयो भने परिवारलाई पनि सोहीअनुसार तालिम दिइएको थियो । त्यसैले सिकाइ परियोजनाबाट दिइएको तालिम आफूलाई असाध्यै मन परेको र यो तालिम लिन पाउँदा अत्यन्तै खुसी लागेको देवेन्द्र बतानुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यस तालिमले गर्दा मेरी छोरीमा मात्र प्रगति गरेको नभई मलाई समेत बोल्न सक्ने सीप विकास गराएको छ ।’
सिकाइ परियोजना अपांगता भएका बालबालिका तथा अति जोखिममा परेका बालबालिकाहरूलाई शिक्षामा समावेशीकरण गर्ने उद्देश्यले सन् २०१९ को जुलाईदेखि सन् २०२४ को मार्चसम्म सर्लाही जिल्लाका चारवटा स्थानीय तह (ब्रहृमपुरी, चन्द्रनगर र पर्सा गाउँपालिका तथा हरिपूर्वा नगरपालिका) मा सञ्चालन गरिएको थियो । जसमा अष्ट्रेलिया सरकारको गैरसरकारी संस्था सहयोग कार्यक्रमको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, हृयाण्डिक्याप इन्टरनेसनल र वल्र्ड एजुकेसन नेपालको संयुक्त साझेदारी रहेको छ भने राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र कार्यान्वयन साझेदारका रूपमा रहेको थियो ।
यस परियोजनाबाट सर्लाही जिल्लाका ५८ वटा सामुदायिक विद्यालय र २३ वटा मदरसामा अध्ययनरत तथा परियोजना सञ्चालित स्थानीय निकायभित्रका विद्यालयबाहिर रहेका अपांगता भएकालगायत अन्य सीमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शिक्षाको मूलधारमा समाहित गर्नका लागि सो परियोजनाले योगदान गरेको हो ।
(भूमिकला पौडेल हृयाण्डिक्याप इन्टरनेसनल नेपालकी सञ्चार अधिकृत हुनुहुन्छ ।)
Great Inspirational Story. Thank you for publication!