आठ दशकअघि शहीद गंगालाल श्रेष्ठको राणाविरोधी आन्दोलनबाट प्रेरित भएर क.पुष्पलाल श्रेष्ठलाई जहानीया शासनविरुद्ध लडने सोच विकास भएर विसं २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापन भएको थियो । उहाँ राणा शासनको अन्याय, अत्यारबाट पीडित जनतलाई मुक्ति दिलाउने उद्देश्यका साथ अघि बढनुभएको थियो । तर, कम्युनिष्ट पार्टी केशरजंग रायमाझीहरूले नेतृत्वका लागि भाँडभैलो मच्चाएपछि विसं २००७ सालमा निरंकुश सामन्ती शासनविरुद्ध कांग्रेसँग मिलेर आन्दोलन गरेरमात्र सफलता मिल्छ भन्ने पुष्पलालको विचार सफल हुन पाएन । राष्ट्रिय कांग्रेसले उक्त प्रस्ताव स्वीकार नगर्नु देश र जनताका लागि घातक सावित भयो ।
सो आन्दोलनको सम्बन्धमा पुष्पलाललाई रायामाझीहरूले गद्दार भनेर आरोप लगाउँदा पनि सहेर आफ्नो सिद्धान्त र राष्ट्रपति कहिल्यै विचलित हुनुभएको थिएन भन्ने कुरा हाल कम्युनिष्ट हुँ भन्नेहरूले बुझ्न जरुरी छ । सच्चा कम्युनिष्टले स–साना कुरालाई ठूलो बनाएर वर्षौंसम्म पनि पार्टी टुक्रा–टुक्रा बनाएको इतिहास छ । पुष्पलालले कहिल्यै आफ्नो स्थवार्थका लागि निर्वाचन जित्नको निमित्त पार्टी फुटाएर सिद्धान्त नमिल्ने पार्टीसँग गठबन्धन गर्नु भएन । उहाँले राष्ट्रियता र स्वाधीनताका लागि खाई– नखाई पार्टी बचाउनु सर्वहारा वर्गका लागि शौभाग्य हो ।
विसं २०४६ सालको पञ्चायती शासनविरुद्ध पुष्पलालले देखाएको मार्ग बमोजिम संयुक्त जनआन्दोलन सफल भएको जगजाहेर छ । बहुदलीय व्यवस्थापछि कांग्रेस र कम्युनिष्ट राष्ट्रको खोला–नाला र कलकारखाना समाप्त गरेर देशलाई खोक्रो बनाउन उद्धत् रहे । त्यही समायदेखि गिरी बन्धु टी, भुटानी शरणर्थी, ललिता निवासको जग्गा प्रकरणबाट अकुत सम्पत्ति आर्जन गर्दा पनि सरकारले कारबाही नगर्नु दुःखद् हो । समाजमा आर्थिक, सामाजिक न्याय र समातामूलक समाज निर्माण हुन नसक्दा विसं २०५२ सालमा माओवादीले सशस्त्र युद्धको सुरुवात गर्याे ।
युद्धकै बलबाट पटक–पटक माओवादी सकारमा ग¥यो । निवर्तमान प्रचण्ड सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालनी गरेपछि रातारात केपी शर्मा ओलीले आफू बच्न कांग्रेससँग गठबन्धन गरेर सरकार बनाएका हुन् । ओली नेतृत्वको सरकारले सम्पूर्ण भ्रष्टाचारीलाई कारबाही गर्नुका साथै उपलब्धि रक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने दिशातर्फ अघि बढेमा पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।
- निरञ्जन मैनाली
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच