रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति सुनछहरी गाउँपालिका–४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा देउसिंहकी आमा करिब ६५ वर्षीया बसना सुनार र ४ वर्षीया छोरी माया सुनार रहेका छन् । उहाँहरुको पुरिएको अवस्थमा शनिबार बिहान शव निकालिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव राज बराकोटिका अनुसार शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीलाई शुक्रबार राति करिब १० बजेतिर जानकारी गराएका थिए। देउसिंह भने कामको शिलशिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले बताएको छ।
एलबी मगर