(सामयिकी)
प्रधानमन्त्रीको पदभारको दायित्व लिएको झन्नै महिना दिन पनि बित्दा नबित्दै ओलीजीले नागरिकका पक्षमा काम गर्न मन्त्री र सचिवहरूलाई मन्त्रीपरिषद्को कार्यालयमा छब्बीस बुँदे निर्देशन दिँदै गर्दा मूूल दुुई कुरा शासन प्रशासन गर्नेहरूलाई एक्का नभई हेक्का राख्न सम्झाए । हुन त हरेक कार्यकारी प्रमुखले पदरभार ग्रहण गरेपछि मङ्गलाचरणको रूपमा यिनै बुुँदाका फुुँदा नाना रङ्गका लुँदा झुुन्निएर राजनीतिक कर्मकाण्डका अलङ्कार भुुँदा बनाइएका जनतामाझ अभिनूतनपनको आभास दिन कसरत गर्ने परम्परा नै हो । ती दुुई कुराः १, नेपाली नागरिकको त्याग र बलिदानबाट पाइएको उपलब्धिको रक्षा, २, युुगीन रूपान्तरणको आकाङ्क्षा पूरा गर्ने, यिनै बुुँदालाई अर्जुुनदृष्टि बनाएर छब्बीस सूूत्रलाई कार्यान्वयनमा लैजान आपूूmलगायत सबैमा आहृवान गरेका छन् ।
चौथोपटक प्रधानमन्त्रीको उत्तरदायित्व लिएका यिनी विगतका आफ्ना सङ्कीर्ण पदचापकै बाफमा रुमल्लिन छुुट नभएको हेक्का पक्कै राख्लान् किनकि यो उनको अन्तिम अवसर हो । ‘नागरिकको त्याग र बलिदानलाई’ अब शाब्दिक स्तवनमा मात्र पक्कै बाँध्दैनन् होला ! अर्को कुरा गणतन्त्र आएदेखिका हालसम्मका शासनप्रशासन, संविधानको कमजोर पक्षहरू, अत्यन्त खर्चिला भद्दा र अनावश्यक कोरा राजनीतिक र प्रशासनिक संरचनाबारे युुगीन रूपान्तरणको जाँतोमा बाँध्न गठजोड दल र प्रतिपक्षी दलहरूसित पक्कै सुुझबुुझ तरिकाले अगाडि बढ्लान् ।
चौथोपटक प्रधानमन्त्रीको उत्तरदायित्व लिएका ओली विगतका आफ्ना सङ्कीर्ण पदचापकै बाफमा रुमल्लिन छुुट नभएको हेक्का पक्कै राख्लान् किनकि यो उनको अन्तिम अवसर हो । ‘नागरिकको त्याग र बलिदानलाई’ अब शाब्दिक स्तवनमा मात्र पक्कै बाँध्दैनन् होला !
नायकका गायक, पायक र मायक बनेर कुुर्लिने हिजोदेखिका नेपाली जनता अगुवाहरू नालायक भएदेखि उदास, हतास, निरास, दिक्कवाक्क तथा श्रद्धा, आस्था, सम्मान एवं विश्वासका पक्षमा गम्भीर भएर धर्मराएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । अब यो अविश्वासलाई हल्का टुक्का, मुहाबरा, भ्युटावर अनि जलपोतको सतही हसन्ते गफसित विनिमय गर्न कठिन छ भन्ने बुुझ्न नयाँ सरकारको लागि समय घर्किन लागिसकेको छ । अझ पनि ‘काग कराउँदैछ पिना सुक्दैछ’ भन्ने उपाख्यानको आड लिएर जनताको हाड घोट्ने जड वृत्तिमा लाग्नेहरूलाई राम ! राम ! भन्ने अङ्कगणित खं ब्रहृममा टुुङ्गिनेवाला छ । तीसौँ वर्ष ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जनतालाई बनाउने तत्वसित जनताको कम्पारोको तापमान उचाइतिरै उक्लिँदैछ ।
‘काम गर्ने कालुु मकै खाने भालुु’ भनेझैँ ठालुतन्त्रले अब ‘दूधको साक्षी बिरालो’ बन्न पक्कै पाउँदैन । किनकि प्रधानमन्त्रीजीले ‘नागरिकको त्याग र बलिदानको रक्षा’ अनि अर्को चुरो कुरो ‘युुगीन रूपान्तरणको आकाङ्क्षा पूूरा गर्न’ उद्घोष गरेका हुन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ खोक्रो, बोक्रो, साँगुरो कोक्रो तथा आलुको धोक्रो बनाएर अपची हुँदै सत्तासयर गर्ने छुट इन्द्रेको बाउ चन्द्रेलाई पनि छैन अब त ! वाचाल, वाचस्तेन, वाग्घरि बनेर उर्लिँदै छिपछिपे वक्रोक्तिमा उक्ति पस्कने चानसको डानस हुनै सक्दैन । त्यही बोध भएर होला भोकमरी, भ्रष्टाचार र कुशासनको कुुआसन भत्काएर शासन गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र सचिवलाई चर्कै फरमान जारी गरेका छन् लाक्षणिक भाषामा ।
अब पनि राज्यसत्तालाई विलासको पुतली बनाएर राज्यकोषमा सीमान्त हस्तक्षेप गर्ने ‘बाह्र वर्ष...पुुच्छर ढुुङ्ग्रोमा राख्यो बाङ्गाको बाङ्गै’ पुनरावृत्ति भएमा शान्त जनता दान्त भएर बस्दैनौँ आक्रान्त भएर बडवानलमा रूपान्तर हुुनपुुग्छ । विगत चौतीस वर्षका फोहोर, कल्मष र अकर्मण्यता बोकेर युुगीन रूपान्तरण व्यवहारमा पक्कै अनुवाद हुँदैन । कौटिल्यको यो भनाइलाई ‘स्वभावो नोपदेशेन शक्यते कर्तुुमन्यथा । सुुतप्तमपि पानीयं पुनर्गच्छति शीतताम्’ ।। बाउन्न थप्पड त्रिपन्न घुस्सा खाँदा पनि चेतना आएन र जनतालाई कुनै परिवर्तनको अनुुभूति नदिने हो भने ऋषिरूपका जनता ‘पुनर्मूूषिको भव’ भन्न बाध्य हुुन्छन् ।
महँगीको विकराल कालसित सरकारले लाप्पा खेल्नै पर्छ । त्यसैले अबको राजनीति नयाँ कोर्समा मार्च हुनै पर्छ । चुनौती र अवसरको यस घडीमा चिन्तक रिचर्ड ब्रेथकेटको यो भनाइ शासकप्रशासकले यादगार गरून् ः ‘समय र सागरको लहरले कसैको प्रतीक्षा गर्दैन, अवसर गुमायौ भने सम्झ सफलता गुमायौ’ ।
त्यसैले हालको गठबन्धन नेपाली आहानः-‘नानीदेखिको बानी, हात्ती आयो हात्ती आयो फुुस्सा, सालीको आशमा भिनाजुुको बनिवास’ सबै अफबाह सावित गर्न सक्नुुपर्छ । चौतीस वर्षको कालखण्ड काण्डै काण्डका प्रकाण्ड खराबी धेरै भएको र नगण्य राम्रो देखिने अध्याय हो । धमिजा, वाइडबडी, न्यारोबडी, ललितानिवास, बालुवाटार, सुन, ओम्नी, गिरीबन्धुु, भुटानी शरणार्थीप्रभृति जस्ता दर्जनाैँ पर्व नेपाली हुनुुको गर्वलाई सर्पमा रूपायित गरायो नि त हे मेरी बास्सै ! ‘विना चालले कुुकुुर भुक्दैन, मुलाको ड्याङमा हात्ती लुुक्दैन’ भन्ने आख्यानलाई नजरअन्दाज गर्न मिल्दैन शासन चलाउन धोतीपाटो फेरेकाहरूले ! कतिपय नेतृत्वको लहरमा रहर गर्नेहरू ‘भाउजूूले पालेको देवर र बुहारीले पालेको ससुुरो’ जस्तो बने भने नैतिक धरातलको हावा अवश्य खुुस्किन सक्छ ।
त्यसै भएर होला नेतृत्वको कैलोमैलो छविछायाँ सुुनिरहेका भोगिरहेका जनताको हतासा र निराशा चिर्न प्रधानमन्त्री वलीले अहिलेको सरकार स्थायित्वबोध भएको, सहमति पालनाको प्रतिबद्धता बोकेको, कर्मचारीको साथमा सरकार रहेको भन्ने आत्मविश्वास दिने कोसिस गरेका छन् । हुन त ‘राजनीतिज्ञ त्यो जीव हो जसले ईश्वरलाई पनि धोका दिन्छ’ भन्ने पनि छ तर अब त्यो सुविधा नेपालका ठूला भनेका दलहरू नेपाली काङ्ग्रेस र एमालेलाई छैन । छब्बीस बुुँदाका प्रतिबद्धता सरकारको देखाउने दाँतमात्र नभएर त्यसको कामयाबी कार्यान्वयनको परिणाम बन्नसक्नुु अपरिहार्य छ । यी बुुँदाहरू केवल पुुmँदा लुुर्कन वा निस्सार प्रत्यय बनेर तत्वहीन हुनुु अबको दलीय राजनीति निश्चय नै कोमामा पुुग्नुु हो ।
मितव्ययिता, गरिबीको अन्त्य, बीस प्रतिशतभन्दा बढी निरपेक्ष दरिद्रताको रेखामा थिचिएका नेपाली जनताप्रति सरकार उत्तरदायी बन्नै पर्छ । आदेशलाई भन्दा कानुनलाई शिरोधार्य गर्ने प्रशासनिकयन्त्र देखिनै पर्छ । नियमित खर्च बढी गरेर विकासखर्च निरीह बनाउने हिजोका ‘भताभुुङ्ग देशको लथालिङ्ग चाला’ को भालाले जनता हालाबाला बन्नुुहुुन्न । यी छब्बीस बुँदाहरू जनार्दन रूपका जनता झुुक्याउने मिथ्यापत्र नबनून् । पश्चगामी भन्छन् कि भनेर युुगीन रूपान्तरलाई थिच्न, किच्न र मिच्न अब शासनको वागडोर लिएकाहरूलाई छुुट छैन ।
महँगीको विकराल कालसित सरकारले लाप्पा खेल्नै पर्छ । त्यसैले अबको राजनीति नयाँ कोर्समा मार्च हुनै पर्छ । चुनौती र अवसरको यस घडीमा चिन्तक रिचर्ड ब्रेथकेटको यो भनाइ शासकप्रशासकले यादगार गरून् : ‘समय र सागरको लहरले कसैको प्रतीक्षा गर्दैन, अवसर गुमायौ भने सम्झ सफलता गुमायौ’ । अतः प्रतिबद्धता र सुधारका कसमपत्र अलपत्र पारिने छैन । बुुँदाहरू अब निस्सार अर्थहीन फुुँदा बनेर पुनरपि जननं पुनरपि मरणंको नियतिका जोक्कर नबनून् यही शुुभकामना ! कुरा भन्दा काम त्यसमा पनि सुकाममा नयाँ सरकार लागोस् । समाप्तम् ।
अर्थ पूर्ण लेख ।
धन्यवाद मित्र।