घोराही । दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएका मध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता भएका थिए ।
तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर उपमहानगरपालिका-४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएका दुईजनामध्ये तुलसीपुर ४ खाद्रे निवासी ५५ वर्षीया सीता आलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार करीव १२ किलोमिटर दक्षिततर्फ हरिपौरास्थीत खोलाको ढिकमा शव भेटिएको छ । सुर्खेत घरभई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का अझै बेपत्ता हुनुभएको छ । अटोमा सवार पाँच जनामध्ये प्रहरीले राती नै अटो चालक हरिकिसान विक, यात्रु सुनिता थापा र सुशान्त आलेलाई सकुशल उद्धार गरेको थियो ।
त्यसैगरी घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा पनि बगाएको छ । बाढीले बगाएको तुलसीपुर-७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी नायव उपरीक्षक तिमल्सिेनाले जानकारी दिनुभएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच