भोजपुर । २०७५ सालमा सदरमुकाममा रहेको बालमन्दिरको भवनबाट संचालन हुँदै आएको भोजपुर बहिरा आधारभुत विद्यालयमा अहिले पढाईका साथ साथै अतिरिक्त क्रियाकलाप पनि हुने गर्दछ । बालबालिकालाई किताबी कुरा मात्र होइन नृत्य, खेलकुदलगायतका हरेक बिषय बस्तुमा अतिरिक्त क्रियाकलापसमेत गरिने गर्दछ ।
यी सवै बिषयको नेतृत्व विद्यालयमा कार्यरत शिक्षक सन्तकुमार तुम्वापोले गरि रहनु भएको छ । शिक्षक तुम्वापोको इमान्दारीता र मेहनतका कारण अहिले विद्यालयमा हुने हरेको क्रियाकलापहरुमा बहिरा आधारभुत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सहभागिता हुने गरेको छ । शिक्षक तुम्वापोले भन्नुभयो, “बहिरा बालबालिका भए पनि अन्य बिद्यार्थीहरुको तुलनामा हाम्रा बालबालिकाहरु पनि कमजोर छैनन, हाम्रो मेहनत र परिश्रम खेर गएको छैन ।” बालबालिकाको पढाईमा पनि सकारात्मक परिवर्तन आएको शिक्षक तुम्वापोको अनुभव छ। यहाँ बहिरा बालबालिकाहरुका लागि पढाई मात्र गरिदैन, अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभावान बनाउन पनि प्रयास गरिन्छ ।
विद्यालयमा ब्याडमिन्टन देखि लिएर हरेका क्रियाकलापका लागि आवश्यक सामाग्रीहरुको ब्यवस्थापन गरिएको छ । बिभिन्न ब्यक्ति तथा निकायहरुबाट समेत सहयोग हुदै आई रहेकाले विद्यालय सहजरुपमा संचालन भई रहेको छ । किताबी ज्ञानभन्दा बाहिरी ज्ञानहरु पनि प्राप्त गर्ने अवसर बालबालिकाहरुलाई दिनु पर्ने बताउँदै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिताराम ओझाले शिक्षक सन्तकुमारले त्यसका लागि मेहनत र परिश्रम गरेको बताउनुभयो । “बहिरा बालबालिकाहरुलाई पनि अन्य सरह नै समान ब्यवहार गर्दै नयाँ नयाँ कुराहरुमा दक्ष बनाउन सकिएमा उनीहरुले पनि पछि केही गर्न सक्छन ।” समितिका अध्यक्ष ओझाले भन्नुभयो ।
शिक्षक सन्तकुमार त्यस्ता व्यक्ति हुन् जो बलबुताले आफ्नो र आउने पुस्ताको भविष्यलाई उज्यालो छर्ने अभियानमा सक्रिय छन् । विद्यालयमा अध्यनरत बालबालिकारुलाई उनले इशाराको भरमा नृत्य गर्न लगाएर पुरस्कार दिलाउन समेत सफल भएका छन । ‘ऐतिहासिक भोजपुर नगर डबली मेला २०८०’ मा शिक्षक तुम्वापोको ईशासारमा विद्यार्थीहरूले नृत्य तर्फ प्रथम स्थान हासिल गर्न सफल भएका थिए । शिक्षकको यस्तो जोश जाँगरलाई सवैले प्रोत्साहन समेत गरे ।
यस्ता सक्षम शिक्षक तुम्वापो आफै पनि राम्रोसँग सुन्न सक्नुहुन्न । सुरुवा सामान्य अवस्थामा रहनु भएका तुम्वापोको अवस्था एसएलसी पास गर्दासम्म ठिक थियो । सो पश्चात बिस्तारै बिस्तारै सुन्न नसक्ने समस्या सुरू भयो । कलेजमा शिक्षक र साथीहरूले बोलेका शब्द बुझ्न पनि गाह्रो हुँदै गयो । चिकित्सकले कानको नसा सुकेको र अब राम्ररी सुन्न सम्भव नभएको बताएपछि आफु दुःखी भएको शिक्षक सन्तकुमारको भनाई छ ।
भोजपुरका बहिरा साथी सिताराम ओझासँग चिनजान भएपछि भोजपुर बहिरा संघको पहलमा जिल्ला सदरमुकाममा एउटा बहिरा विद्यालय स्थापना गर्ने योजना आफुहरुले बनाएको सन्तकुमारले बताउनुभयो । २०७३ देखिको यो योजना २०७५ सालमा आएर पुरा भएको थियो । यसका लागि तत्कालिन अवस्थामा भोजपुर नगरपालिकाले पनि समन्वयकारी भुमिका निर्वाह गरेको थियो ।
त्यस्तो अवस्थामा संचालनमा रहेको बिद्यालयमा हाल २३ जना बालबालिकाहरु अध्ययनरत छन । बिद्यालय हाल ४ जना शिक्षक र एकजना होस्टलमा काम गर्ने कर्मचारीबाट चल्दै आई रहेको छ । अर्काको भवनबाट विद्यालय चलाउनु पर्दा समस्या हुने गरेको विद्यालयले जनाएको छ ।
सन्तकुमार जस्ता मेहनती शिक्षकबाट बालबालिकाहरुले अध्ययनका साथै अन्य अतिरिक्त क्रियाकलापहरु पनि जान्न पाएको विद्यालयका प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो । “सन्तकुमार शिक्षक मात्र नभएर, हरेक विद्यामा दक्ष र सक्षम हुनुहुन्छ जसका कारण विद्यालय पनि चर्चामा छ ।” प्रअ तामाङले भन्नुभयो । शिक्षक सन्तकुमारसँग विद्यार्थी बालबालिकाहरु पनि त्यतिकै खुशी छन ।
‘बोल्न सुन्न नसक्ने बालबालिकाले केही गर्न सक्दैनन् भन्ने मानसिकता बदल्न प्रभावकारी भूमिका खेल्दै छु, यसलाई निरन्तरता दिने काम आफुबाट हुन्छ ।’शिक्षक सन्तकुमारले भन्नुभयो, 'अहिले अभिभावकहरुमा पनि चेतनाको बृद्धि भएको छ, त्यति बेला ल्याउन नमान्ने अभिभावकहरु पनि अहिले आफना बालबालिकाहरु विद्यालयमा ल्याउन थाल्नु भएको छ ।'
शिक्षक सन्तकुमारको आगामी दिनमा बालबालिकाहरुलाई दक्ष बनाएर राष्ट्रिय स्तरमा हुने नृत्य तथा अन्य विधाहरुमा समावेश गराउने लक्ष्य छ । यो विद्यालयलाई नमूना विद्यालय बनाएर आगामी दिनमा विद्यार्थीहरूलाई अझै प्रतिभाशाली बनाउने मेरो लक्ष छ, शिक्षक तुम्वापोले भन्नुभयो, 'यसका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी र अभिभावक र सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको छु।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच