मात धेरैको धेरैलाई लाग्छ । नसालु पदार्थ सेवन गरेर पाइने नसा मात हो । धन, मान, यौवन, इज्जतको घमण्डलाई पनि मात नै भनिन्छ । यी मात व्यक्तिगत जीवनमा आउने मात हुन् । यी माथिका मातहरू व्यक्तिगत हुन् । यी मात व्यक्तिगत रूपमा रहने हुनाले व्यक्तिस्तरमा नै रहेका हुन्छन् तर मानिसमा नजानिँदो तरिकाले लाग्ने मात हो सत्ताको मात । यो मात सारै नसालु पनि हु्न्छ । यो मात व्यक्तिगत हुँदैन । यो सत्ताको मात पारिवारिक र आफन्तमात्रमा सीमित रहेको हुँदैन । यो मातले राष्ट्र, राष्ट्रिय परिवेश र मान्यतालाई समेत नसामा डुबाएको हुन्छ । सत्ताको मात र सत्तामा आसीन भएका व्यक्तिलाई लाग्ने मातलाई संसारको सबैभन्दा ठूलो मात मानिएको छ । भाग्यमानी र सबल मानिसलाई लाग्ने मातलाई सत्ताको मात भनिन्छ ।
वास्तवमा कुनै पनि मुलुकको विकासका लागि आर्थिक समुन्नतिलाई पहिलो आधार मानिएको छ । आर्थिक वृद्धिमा व्यापार व्यवसायलाई प्रमुख मान्यता महाभारतले दिएको छ । व्यापारका माध्यमबाट देशको अर्थतन्त्र नै चलायमान हुने हुनाले यसलाई महत्वपूर्ण आधारमा हेरिएको पाइन्छ । व्यापारलाई निरन्तरता देशविकासको आधार मानिएको छ ।
नेपालको संसदीय व्यवस्थाको दोस्रो निर्वाचन गणतन्त्रपछि २०७९ सालमा भएको थियो । निर्वाचनले केही पक्षमा सकारात्मक सोच र जनताको अपेक्षालाई बाहिर ल्याएको थियो । नेपालका तत्कालीन राजनीतिक दलले नसोचेको परिणाम पनि नआएको होइन । केही समय पहिला खुलेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई दरिलो तरिकाले उभ्यायो गएको निर्वाचनमा । उक्त पार्टीका पक्षमा आएको जनलहरलाई नेपालका ठूला राजनीतिक दलले पनि अनुभव गरेका थिएनन् । तर उनीहरूको आगमन नेपालका ठूला राजनीतिक दलका लागि भने झटारो थियो । उक्त निर्वाचनपछि विभिन्न तरिकाको प्रयोग गरेर भए पनि नेकपा माओवादीका अध्यक्ष सत्तामा रहे । यही २०८१ साल असार ३१ गते नेपालका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सत्ता साझेदारी गरेका छन् । यो नेपालको राजनीतिक इतिहासमा स्थिरताको दिन मान्न सकिने आधार पनि हो ।
सत्ताको मोहमा नफस
सत्ताको मोह डरलाग्दो मोह हो । राजनीतिमा सत्ताले कहिले काँही पारिवारिक विघटनमात्र होइन परिवारको नाश पनि गरेको छ । सत्ता त्यो नसा हो जसमा फसेपछि मानिसलाई बाहिर निक्लन साह्रै गारो हुने गरेको हुन्छ । सत्ताको मोह महाभारत र रामायणमा स्पष्ट पाइन्छ । महाभारतले शासनव्यवस्थामा सबैभन्दा महत्व व्यापारीलाई दिएको छ । व्यापारीबाट राज्यको आर्थिक वृद्धिमा सहयोग हुने हुनाले व्यापारीप्रति महाभा
तस्मादे् गोमिषु यत्नेन प्रीतिं कुर्याद् विचक्षणः
दयवानप्रमत्तश्च करान् सम्प्रणयन् मृदुन् ।।
गतिलो शासक सदा वैश्य वा व्यापारीप्रति प्रेमभाव बनाएर बसेको हुन्छ । शासकले सावधानीपूर्वक उनीहरूसित व्यवहार गरोस् र सामान्य कर लगाएर उनीहरूको कामलाई गति दिने नीति निर्माण गरोस् । व्यापारीबाट राज्यको अर्थतन्त्र चलायमान् हुने हुनाले राज्यले व्यापारीप्रति गरिने व्यवहारलाई भिन्न मानेको देखिन्छ । शासनमा व्यापारीलाई अर्थतन्त्रका मेरुदण्ड मानेको देखियो । शासनव्यवस्थामा व्यापारले गति पायो भने राज्य आर्थिक दृष्टिले सम्पन्न हुने तर्कलाई पनि महाभारतले बाहिर ल्याएको छ ।
अजस्रमुपयोक्तव्यं फलं गोमिषु भारत
प्रभावयन्ति राष्ट्रं च व्यवहारं कृषिं तथा ।।
व्यापारीलाई उनीहरूको परिश्रमको फल दिनुपर्दछ । उनीहरूबाट नै राष्ट्रको वाणिज्य, व्यवसाय र कृषि गतिशील हुने गरेको हुन्छ । वास्तवमा कुनै पनि मुलुकको विकासका लागि आर्थिक समुन्नतिलाई पहिलो आधार मानिएको छ । आर्थिक वृद्धिमा व्यापार व्यवसायलाई प्रमुख मान्यता महाभारतले दिएको छ । व्यापारका माध्यमबाट देशको अर्थतन्त्र नै चलायमान हुने हुनाले यसलाई महत्वपूर्ण आधारमा हेरिएको पाइन्छ । व्यापारलाई निरन्तरता देशविकासको आधार मानिएको छ ।
आज आएर संसारका कुनै पनि विकसित मुलुक व्यापारका माध्यमबाट नै सम्पन्न बनेका छन् । ती देशेका सम्पन्नताको पहिलो आधार व्यापार नै मानिएको देखिन्छ । आजमात्र होइन महाभारतकालीन समयमा पनि व्यापार र व्यापारीप्रतिको व्यवहारमा सहजता अपनाउने धारणा बाहिर आएको देखिन्छ । व्यापारीलाई देश भ्रमणको आदेश महाभारतले दिएको छ । व्यापारी देशको कुन्ै पनि भागमा विचरण गरेर आफ्नो व्यापारलाई प्रबर्धन गर्न सकोस् ।
सर्वत्र क्षेमचरणं सुलभं नाम गोमिषु
न हृयतः सदृशं किंचिद् वरमस्ति युधिष्ठिर ।।
यो युधिष्ठिरलाई भीष्मले बताएका हुन् । राज्यले नै व्यापारीलाई देशको कुनै पनि भागमा भ्रमण गरेर व्यापारलाई गति दिइ अर्थतन्त्रको सुदृढतालाई प्राथमिकता दिने प्रयास गरोस् भनियो । व्यापारको विकासबाट राज्यले गति पाउने हुँदा आजको विश्व व्यापारको विकासमा आफूलाई अब्बल सावित गर्न लागिपरेको छ । निर्यातलाई बढाएर आयातलाई संकुचित पार्नु आजका विकसित मुलुकको व्यापार नीति बनेको देखिन्छ । कोरोनापछि नेपालको व्यापारमा सुधार आउन सकेको छैन । सदा ओरालो लागेको शेयर बजार यो नयाँ सरकारको पालामा उकालो लागेको देखियो । यो सबै क्षेत्रमा लागू हुन सक्यो भने नेपालको विकासलाई यी दुई दल आवश्यक हुन् भन्ने तथ्यलाई प्रमाणित गरेको हुने थियो ।
मात नचढोस्
सत्ताको मातमा फसेको मानिस कहिले पनि बाहिर निक्लन सक्दैन । उसलाई मातले जहिले पनि गतिशील बनाएको हुन्छ । वर्तमान गठबन्धन नेपालको इतिहासमा गतिलो बनेर आएको गठबन्धन हो । सत्ताको वरिपरि घुमेर अरूलाई घुर्की लगाउने माओवादीका विपरीत आएको गठबन्धन हो । यो गठबन्धनप्रति पनि नेपालीहरूको विश्वास भने जागेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्तालाई यो गठबन्धनले केही खुशी दिएको पक्कै पनि हो । यो खुशी नेपाली जनताका लागि हुनु अनिवार्य मानिएको छ । यो खुशी नेपाली जनताका लागि भएन भने वास्तवमा नेपालको विकास र उन्नतिमा कसैको भूमिका छैन भन्ने सन्दर्भलाई प्रमाणित गरिदिनेछ । यो गठबन्धमा देखिएको सक्रियता र शासन चलाउने जिम्मेवारी बोकेका व्यक्तिहरूबाट देश र देशवासी प्राथमिकतामा पर्नु अनिवार्य मानिएको छ ।
भ्रष्टाचारका फायल खुल्ने डरका कारण पुरानो गठबन्धन भत्किएको तर्क बाहिर आएको छ । सत्ता कहिले पनि निजी र व्यक्तिगत हुँदैन । आवश्यक परेको समयमा गठबन्धन बन्ने र भत्किने पक्षलाई राजनीतिको इतिहासमा सामान्य तरिकाले लिनुपर्दछ । तर, यो गठबन्धनको जिम्मेवारी नेपाली जनतालाई विश्वासमा लिन सक्नु हो । राजनीति नितान्त स्वार्थका लागि हुनुहुँदैन । राजनीतिमा यी दुई दलको गठबन्धन व्यक्तिगत स्वार्थको साधन नबनोस् । देशको विकासको आधार बनोस् । सत्तामा गएपछि मात्तिने अवस्था सिर्जना नहोस् । नेपालको विकासमा गति बढोस् । शासकले राष्ट्रलाई नीतिगत रूपमा दोहन गर्ने हो । नीति बनाएर गरिने निर्णयमा कसैको पनि विमति देखिँदैन ।
जलौकावत् पिबेद् राष्ट्रं मृदुनैव नराधिपः
व्याघ्रीव च हरेत् पुत्रान् संदेशन्न च पीडयत् ।।
जसरी जुकाले विस्तारै रगत चुसिरहेको हुन्छ त्यसरी नै शासकले कोमलता र नीतिगत रूपमा बिस्तारै कर लिनुपर्दछ । जसरी बाघिनले आफ्नो बच्चा (डमरु) लाई दाँतले समातेर यताउता गराउँछे तर उक्त बच्चालाई उसले टोक्दिन र उसको शरीरमा कुनै किसमको असर पनि हुँदैन । त्यसरी नै शासकले कोमल उपायद्वारा राष्ट्रको दोहन गर्नुपर्दछ । यो दोहन भ्रष्टाचार तथा कमिसनको दोहन होइन । यो दोहन त राज्यलाई विकासतिर उन्मुख बनाउने दोहन हो । राज्यको विकासका लागि महाभारत कर उठाउन आग्रह गर्दछ । तर, करको असुली कानुनी तरिकाले गर्नुपर्ने तर्कलाई भने गतिलो तरिकाले उठाएको छ । राष्ट्रको दोहन व्यक्तिगत हित र व्यक्तिगत सनकका आधारमा गरिनुहुँदैन भन्ने धारणा महाभारतमा भनिएको छ ।
नेपाली युवालाई रोजगारीको व्यवस्था होस् । अध्ययन गर्न चाहने विषयलाई विद्यार्थीले नेपालमा नै अध्ययन गर्ने अवसर पाऊन् । रोजगारीमा पनि कसैको भनाइ नलागोस् । योग्य र क्षमता भएका व्यक्तिले रोजगारीको अवसर पाऊन् । बालिक मताधिकारबाट चुनिएका प्रतिनिधि जनताको काममा समर्पित बनून् ।
वर्तमान सरकारको गठबन्धनमा व्यक्तिगत स्वार्थले ठाउँ पाउनु हुँदैन । नेपालीलाई विश्वासमा लिने खालको विकास हुनु अनिवार्य मानिएको छ । यो गठबन्धन देशको उन्नति विकासका लागि भएको हो भन्ने प्रमाण दिनु आवश्यक देखिएको छ । देशलाई गणतन्त्रमा ल्याउने यी दुवै दल हुन् । तत्कालीन विद्रोही पक्ष पनि गणतन्त्रका लागि सक्रिय पात्र पक्कै पनि हो । नेपालको इतिहासमा चौथोपटक प्रधानमन्त्री बनेका ओलीले अबको कार्यकाललाई हावादारी गफमा लिने छैनन् । केरुङ्बाट रेल ल्याउने, नेपालमा पानीजहाज चलाउने जस्ता गफलाई विकासको आधार मान्ने समय भएको छैन ।
नेपाली युवालाई रोजगारीको व्यवस्था होस् । अध्ययन गर्न चाहने विषयलाई विद्यार्थीले नेपालमा नै अध्ययन गर्ने अवसर पाऊन् । रोजगारीमा पनि कसैको भनाइ नलागोस् । योग्य र क्षमता भएका व्यक्तिले रोजगारीको अवसर पाऊन् । बालिक मताधिकारबाट चुनिएका प्रतिनिधि जनताको काममा समर्पित बनून् । भ्रष्टाचारमा न्यूनता आओस् । शासनमा बसेका व्यक्तिहरू भ्रष्टाचारबाट अकूत सम्पत्तिका मालिक नबनून् । इमानदारीपूर्वक पनि जीवन चलाउन सकिन्छ भन्ने सन्देश सरकारको प्राथमिकता बनोस् ।
सत्ताको मातले मन्त्री न मात्तिने गरुन् । देशको विकास र देशको उन्नति पहिलो प्राथमिकतामा परोस् । देशका प्राज्ञिक क्षेत्र क्षतविक्षत भए । तिनको सुधार कहिले र कसले गर्ने हो ? पर्यटनको विकासर पर्यटकको आगमन यो वर्षमा उपलब्धीमूलक मानिएको छ । सत्ताको मातमा नरमेर देश विकासको जिम्मेवार यी दुईदलमा गएको छ । यो अवधिमा देशको विकास गर्न सकेनौं भने तिमीहरूको हालत पनि पुरानो पारामा देखिनेछ । काठमाडौंलाई आज बालेको शहर भन्न थालियो किन ? बालेनले कालो चश्मा कोट लगाएर पक्कै पनि होइन ।
उनले काठमाडौंको विकासका लागि लिएका निर्णयले उनलाई काठमाडौंवासीले मन पराएका हुन् । गत निवार्चनमा बहकिएर अन्यत्र मतदान गर्ने तिम्रा कार्यकर्तालाई आउने निर्वाचनमा आफ्नो माऊ पार्टी र त्यसका उम्मेदवारलाई मत दिने व्यवस्था मिलाउन नसके अर्को निर्वाचनमा पनि जनताले विकल्पको खोज गर्ने छन् । सत्ता र भत्ताको मातमा नरमेर देशको विकासका लागि समर्पित बन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच