ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ स्थित सिस्नेरीमा पहिरोले ८ घरपरिवार बिस्थापित भएका छन् । सुनकोशी गाउँपालिका वडा नं ३ सिस्नेरी जुके बस्तिमा पहिरोका कारण मानिसहरु विस्थापित भएका हुन् ।
सडक खन्दा ठेकेदार कम्पनीले जथाभावी थुपारेको माटो बगेर गाउँ विस्थापित गरेको पिडितले बताएका छन् । घरमा जाने आउने बाटो नै नभएपछि विस्थापित हुनुपरेको पनि बताएका छन् । गाउँभन्दा माथि भिरालो जमिनमा सडक खन्दा माटो जथाभावी थुपारिएको थियो । फलाटेभन्ज्याङ्ग, सिस्नेरी, बलखु हुदै थुल्मेघाटबाट राजधानी सम्म जाने कच्ची सडकको मर्मत तथा स्तरोन्नती एसएम कन्ट्रक्सन कम्पनीले गरेको थियो ।
वर्षाको समयमा अविरल वर्षाका कारण जम्मा भएको माटो बगेर गाउँमा क्षति पुगेको वडा अध्यक्ष गिर्वराज थापामगरले जानकारी दिनु भयो । माटो जथाभावी थुपारिएको छ, थोरै पानी पर्दा पनि तर्न नसक्ने भेल आउछ, उक्त ठाउँमा थप क्षति हुनसक्ने संभावना भएको अध्यक्ष थापामगरले बताउनु भयो ।
विस्थापित घरपरिवारलाई कालिका माध्यमिक विद्यालयको भवनमा ल्याई बसोबासको ब्यवस्था गरिएको छ । सर्कीनी माया मगर, लाल बहादुर मगर, चिनी माया मगर, भिम बहादुर मगर, मन्जुरी माया मगर, राम बहादुर नेउपाने, दिर्ग बहादुर मगर, रामबली थापा, भद्रीमया मगरका घरपरिवार विस्थापित भएका छन् । उहाँहरुको घर वरिपरीबाट पहिरो गएका कारण घरमा आउन जान सक्ने अवस्था नरहेको पिडितले बताएका छन् । अधिकाँस परिवारमा बालबालीका र बृद्धबृद्धा मात्रै रहेको पनि बताएका छन् । उहाँहरु पहिरोका कारण घरमा जानआउन सक्ने अवस्था नरहेको अध्यक्ष थापामगरले बताउनु भयो । पाकेको मकैसहित भएका सबै बारी पहिरोले बगाएको छ । वर्षभरी खाने मकै पहिरोले पुरेपछि अबका दिनमा के खाएर बाँच्ने, पिडितहरु चिन्तामा छन् ।
त्यसै गरि जुके टोलमै बुद्धी बहादुर मगर, गोपाल खड्का, नैन बहादुर मगर र जीत बहादुर मगर र जुकेटोल भन्दा पारिपट्टीका चक्र बहादुर खत्री, गंगा बहादुर दाहाल, डम्बर खत्री, तेज बहादुर थापा र विष्णु थापा मगरका घरपरिवार उच्च जोखिममा रहेका छन् । उहाँहरुको पनि सबै मकैबारी बगाएको छ । प्राकृतिक प्रकोपमा परि यत्रो धनको क्षति भई नागरिक विस्थापित हुँदा पनि राज्यले खोजी चासो नगरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं स्थानियबासी नवराज खड्काले गुनासो गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच