काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आईतवार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभएको हो ।
गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरुले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो ।
प्रधानमन्त्री ओलीले एक एक जालले समुन्द्र समेट्न नसक्ने उल्लेख गर्दै समुन्द्ररुपी एमालेमा पनि गुटबन्दी र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताउनु भयो । उहाँले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘इमान्दारिताका साथ अनुशासित ढंगले नेकपा एमालेको हिसावले तपाईहरुले काम गर्नुहुनेछ । नेकपा एमाले भित्र पनि कतिपय गलत प्रवृत्तिहरु, बेठिक प्रवृत्तिहरु, विसंगतिहरु, त्यस्ता कुराहरु देखिएका छन् । ती कुराहरुबाट सिक्ने होइन । गटबन्दीबाट सिक्ने होइन । गुटका पछाडि लाग्ने होइन । कसैले यो पक्ष र त्यो पक्ष भनेर त्यस्तो गर्ने होइन । पार्टीको पक्षमा दृढताका साथ उभिने । पार्टीका नीति सही छन, विचार सही छन् । पार्टीले लिएका कार्यक्रम सही छन । पार्टीले गरिरहेका काम सही छन् । पार्टीले ठिक व्यवहार गरेको छ, ठिक आचारण प्रस्तुत गरिरहेको छ । यो कुरामा विश्वास गर्ने र पार्टीमा निष्ठापूर्वक सक्रियताका साथ काम गर्ने । यसका लागि म साथीहरुलाई सफलता मिलोस भन्दैगर्दा तपाईहरुले कसरी काम गर्नुपर्छ, कसरी सफल हुनुपर्छ भन्ने पनि बताउन चाहन्छु । गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल हुँदैन । जालझेलको दायरा सानो हुन्छ । सफलताको दायरा फराकिलो हुन्छ । जालझेलबाट एक छिन सफलता मिलेजस्तो भएपनि सफलता मिल्दैन । त्यो सानो दायरामा झन खुम्चिन्छ । किनभने जत्रै ठूलो भनेपनि जाल भनेको समुन्द्र समेट्दैन त्यसले । जालले सिँगै तलाउ समेट्दैन । त्यो त एक छेउमा हान्ने हो । यो जाल भनेको पनि एउछेउमा हान्ने चिज हो क्या । तसर्थ हामीले वृहत्तर अभ्यास गर्नुपर्दछ । सानोतिनो कुरामा अल्झिने होइन, सानोतिनोमा अल्झिएको अभ्यास होइन । म साथीहरुलाई यही आग्रह गर्न चाहन्छु ।’
त्यस अवसरमा प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेकाहरुलाई पार्टीमा इमान्दारिताका साथ काम गर्न पनि आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच